१६ चैत्र २०८०, शुक्रबार

रुकुम पूर्वमा किटको अभाव, कोरोना परीक्षण रोकियो

प्रकाशित मिति :  3 May, 2020 1:33 pm


काठमाण्डौं, २१ वैशाख ।

रुकुम पूर्वमा कोरोना भाइरसको परीक्षणका लागि ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव भएको छ । किट पर्याप्त नहुँदा कोरोना परीक्षण रोकिएको छ ।

किट अभावकै कारण जिल्लामा शंकास्पद कोरोना संक्रमितको परीक्षण गर्न समस्या भएको छ । रुकुम पूर्वमा हालसम्म भारतलगायत अन्य मुलुकबाट १ सय ६२ नागरिक भित्रिएका छन् ।

देशका विभिन्न जिल्लाबाट भने एक हजारभन्दा बढी नागरिक भित्रिएका छन् । भित्रिने मानिसको संख्या धेरै भएपछि परीक्षण किट नहुँदा समस्या भएको हो ।

हालसम्म प्रदेश सरकारले कोरोना परीक्षणका लागि १ सय ६० मात्रै किट पठाएको छ । ती किटले विदेशबाट आएका १ सय २९ जनाको आरडिटी गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले जानकारी दिए ।

रुकुम पूर्वका तीनै गाउँपालिकामा कोरोना परीक्षण गरिएको थियो । सिस्ने गाउँपालिकाका १०३, भूमे गाउँपालिकाका १८ र पुथाउत्तरगंगा गाउँपालिकाका आठ जनाको कोरोना परीक्षण गरिएको हो ।

त्यसमध्ये चार कैदी हुन् । बाँकीको किट अभावकै कारण कोरोना जाँच हुन सकेको छैन । जिल्लामा २९ किट बाँकी छन् । ती किटले तत्काल कोही सम्भावित संक्रमित भेटिएमा परीक्षण गरिने छ ।

किट उपलब्ध गराइदिन प्रदेश सरकारसँग माग गरिएको प्रमुख शर्माले बताए । यसअघि पनि रुकुम पूर्वमा किट नपुग्दा सबैभन्दा ढिलो परीक्षण सुरु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !