कम्बोडियामा परम्परागत माछा मार्ने उत्सव शुरु
प्रकाशित मिति : 14 February, 2024 7:15 am
काठमाडौँ। कम्बोडियाको साँस्कृतिक प्रान्त सिम रीपमा परम्परागत माछा मार्ने उत्सव शुरु भएको छ ।
एउटा ठूलो तालमा हिलो पानीमा घुम्दै उनीहरुले माछा मार्ने गर्दछन् । उत्सवमा माछा मार्ने परम्परागत उपकरणहरू प्रयोग गरिएको थियो ।
ताडको पातको टोपी र परम्परागत स्कार्फ लगाएर चर्को घामबाट आफूलाई जोगाउन, गाउँलेहरूले राजधानी नोम पेन्हबाट करिव ३०० किलोमिटर टाढा रहेको प्रसात बाकोङ जिल्लाको बाङ्कोआङ गाउँको संरक्षित तालमा ताजा पानीको सर्पहेड माछा, क्याटफिस र क्लाइम्बिङ पर्च माछा पालन गरेका छन् ।
दक्षिणपूर्वी एशियाली देशका जनताका लागि माछा प्रोटिनको प्रमुख स्रोत हो । कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका अनुसार कम्बोडियालीहरूले प्रतिव्यक्ति औसत ५२।४ किलोग्राम माछा खान्छन् ।
–सिन्ह्वा/न्युज एजेन्सी नेपाल








