१४ बैशाख २०८१, शुक्रबार

थप १७ जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमित संख्या ९९ पुग्यो

प्रकाशित मिति :  6 May, 2020 4:26 pm


काठमाण्डौं, २४ वैशाख ।   

पर्सामा आज मात्रै १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले आज मात्रै १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको र सबै पर्सा जिल्लाको रहेको जानकारी दिए ।

प्रवक्ता देवकोटाले संक्रमित हुनेमा २ महिनाको बच्चदेखि ६६ बर्षका सम्म रहेको बताए । प्रवक्ता देवकोटाका अनुसार ७ महिला र १० जना पुरुष रहेका छन् ।

योसँग देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ । प्रदेश नम्बर १ मा ३१ जना, प्रदेश २ मा ३० जना,बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २४ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित भेटिएका छन् ।

कर्णाली प्रदेशमा भने अहिलेसम्म संक्रमित भेटिएका छैनन् ।

सम्बन्धित समाचारः

थप १७ जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमित संख्या ९९ पुग्यो



प्रतिक्रिया दिनुहोस !