१३ बैशाख २०८१, बिहिबार

लकडाउनपछि प्रदेश-५ को पर्यटन क्षेत्रका लागि गर्नुपर्ने कामहरु

प्रकाशित मिति :  7 May, 2020 1:56 pm


प्रदेश-५ मा महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु पर्छन् । लकडाउनपछिको दौरानमा यहाँको पर्यटन क्षेत्र पनि एकदमै धरासय भएको छ । हाम्रो प्रदेश-५ भनेको एैतिहासिक पुरातात्विक खुला संग्रहालयको रुपमा हेर्न सकिन्छ ।

यसमा विशेष गरि लुम्बिनी छ । कपिलवस्तुमा बुद्धसँग सम्बन्धित ठाँउहरु छन् । दाङ,बाँके,बर्दीया, पाल्पा जस्ता महत्वपूर्ण ठाँउहरु छन् । यसलाई प्रदेश-५ सरकारले पनि प्रदेशभित्र रहेका राष्ट्रिय गौरवका योजनासँग सहकार्य गरेर निकै चासो दिएर काम गरिरहेको थियो र मुख्यमन्त्री स्वयं आफैंले पनि प्राथमिकताका साथ यो काम गरिरहनु भएको थियो ।

प्रदेश सरकारले र सम्बन्धित स्थानीय सरकारहरुले पर्यटन क्षेत्रहरुलाई चासो दिएर लगानीका साथै त्यहाँका व्यक्तिहरुको आयस्रोत बढाउनका लागि,बेरोजगारहरुलाई रोजगार दिनका लागि भनेर एकदम पहल भईरहेको थियो । संयोग भनौं विश्वभरी कारोनाको कारणले गर्दा अहिले स्थिति एकदम नाजुक छ । होटेल व्यवसायहरुपनि बन्द छन् । पर्यटकहरु आउने अवस्था छैन । लकडाउन छ । त्यसले गर्दा वर्तमान स्थितिमा प्रदेश-५ को पर्यटन क्षेत्र पनि एकदम नाजुक अवस्थाबाट गुर्जिरहेको छ ।

हुन त पर्यटन मात्रै होईन सबै क्षेत्र प्रभावित बनेको छ । आमदानीका श्रोतहरु न्यून भएको छ । राजश्वपनि न्यून स्थितिमा छ । अब स्थिति एकदम गाह्रो छ । तर कम्तिमा सरकारले कोरोना समाप्त भइसकेपछि,लकडाउन समाप्त भईसकेपछि योजना बनाउनुपर्छ । सन् २०२० भित्र त विदेशी पाहुनाहरु आउन गाह्रै छ ।

सन् २०२१ को योजना बनाएर नेपाल सरकार र प्रदेश सरकारले समन्वय गरेर काम गर्नुपर्छ । नेपाल हरियाली छ । सुन्दर छ । यहाँ भगवान गौतम बुद्ध जन्मनु भएको ठाँउ छ । हिमाल छ । सीता जन्मनु भएको ठाँउ छ भनेर प्रचार गर्न सकिन्छ । केही नभएपनि हाम्रा छिमेकी मुलुक भारत र चीनका पर्यटकहरुलाई यहाँ ल्याउन सकियो भने, घुम्ने वातावरण बनायो भने केही सुधार हुन्छ भन्ने मलाई लाग्छ ।

सबैभन्दा पहिले त हेरौं अब यो कोरान कहिलेसम्म चल्छ । नेपालको महत्वपूर्ण श्रोत र कर तिर्ने पर्यटन क्षेत्र पनि हो । त्यसले नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्ष भनेर योजना बनाएको थियो । कोरोनाकै कारणले रोकियो । लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन गर्ने भनिएको थियो यो पनि कारोनाका कारणले स्थगित भयो । अब हामीले विश्वको कोरोनाको अवस्था हेरेर सन् २०२० मा छिटै समाप्त भयो भने सन् २०२१ मा योजना बनाएर कम्तिमा केही विदेशी पर्यटकहरुलाई र आन्तरिक पर्यटकलाई आर्कर्षित गर्न केही योजना बनाउने सोंच्नुपर्छ ।

अहिले सबैको मनमा एउटा त्रास छ । मान्छेहरु घरमा बसिरहेका छन् । उनीहरुलाई ‘बोर फिलिङ’ पनि भईरहेको छ । केही नभएपनि देशभित्रका आन्तरिक पर्यटकलाई ठाँउठाँउमा एउटा प्याकेज बनाउने जसमा सरकारको पनि थोरै लगानी होस् र व्यक्तिहरुको पनि लगानी होस् । यसरी पारिवारिक यात्राका लागि योजना बानाएर सरकार जानुपर्छ । यसबाट एउटा राम्रो वातावरण हुन्छ र मानिसहरुको मनपनि स्वच्छ भएर जान्छ । यो सरकारले गर्न अति आवश्यक देख्छु । यसमा नीजि क्षेत्रबाट होटेल एशोसियसन छन् अरु पर्यटन क्षेत्रमा काम गर्ने संघसंस्थाहरु छन् । यिनिहरुले पनि सरकारसँग बसेर एउटा प्याकेज बनायो भने एकदम राम्रो हुन्छ ।

बुद्ध जयन्तीको दिन समापन गर्ने भनेर लुम्बिनी भ्रमण बर्षका रुपमा प्रदेशको कार्यक्रम भईरहेको थियो । त्यो भ्रमणबर्ष बुद्ध जयन्तीकै दिन उद्घाटन भएको थियो । प्रदेश सरकारले ठाँउठाँउमा कार्यक्रम गरिरहेको थियो । देशभर प्रचारप्रसारको कार्यक्रम भईरहको थियो । प्रदेश—५ का ऐतिहासिक तथा पुरातात्विक लगायका ठाँउहरुमा कार्यक्रम भईरहेको थियो । यसले आन्तरिक पर्यटनहरु बढीरहेका थिए । कपिलवस्तु, लुम्बिनीमा दिनहुँ मानिसहरु बढिरहेका थिए ।

अब २०२१ मा प्रदेश सरकारले आफ्नो योजना बनाएर कम्तिमा लुम्बिनी भ्रमणबर्ष जस्तै केही नाम दिएर वा लुम्बिनी भ्रमण बर्षलाई निरन्तरता दिएर हुन्छ कि के गरेर पर्यटक बढाउन सकिन्छ कार्यक्रम घोषणा गर्नुपर्छ । कोरोनाको समाप्त भइसकेपछि तीन दिनको कार्यशाला भएपनि गर्ने भन्ने सोंचमा छौं । हेर्दै जाँउ अब परिस्थिति कस्तो हुन्छ ।

यस्तो महामारी चलिरहेको बेलामा केन्द्र सरकारले चाहेर मात्रै पनि हुँदैन । विश्वमा अशान्ति भइरहेको छ । अब शान्ति भयो भने लुम्बिनी विकास कोषले आगामी दिनहरुमा लुम्बिनीमा लुम्बिनी होटेल व्यवसायी संघका साथीहरु राखेर रामग्राम, कपिलवस्तु, देवदहका मेयरसापहरुसँग र अन्य स्थानीय सरकारहरुसित बस्छौं । विदेशी पर्यटकहरु र आन्तरिक पर्यटकहरु कसरी ल्याउन सकिन्छ ? एउटा उत्सव गरेर हुन्छ कि एउटा महोत्वस गरेर हुन्छ की के गरेर हुन्छ कोरोनाको समाप्ति भएपछि उहाँहरुसँग एउटा नयाँ अन्तरकृया गरेर योजना गरेर अगाडी बढाउने भन्ने एउटा सोंच छ ।

लुम्बिनी विकास कोषकै अवस्था अहिले सहज छैन । एउटा विदेशी पर्यटक पनि लुम्बिनीमा आउने अवस्था छैन । नेपाल सरकारले दिने बजेट, निर्माण र स्थायी कर्मचारीहरुका तलबका लागि आउँछ । करार,ज्यालादारी कर्मचारीहरु हाम्रो आन्तरिक श्रोतबाट व्यवस्थापन गरेका थियौं । जुन विभिन्न शुल्कहरु उठ्यो त्यो एक रुपैयाँ पनि उठेको छैन ।

निर्माण कामका लागि नेपाल सरकारले गरेको बजेट त यथावत छ । हामीसँग श्रोतहरु भएन भने हामीलाई विभिन्न कार्यक्रहरु ग्र्न अलि गाह्रै हुन्छ । नेपाल सरकारसँग पनि पैसाको अभाव हुन सक्छ अहिले स्वास्थ्य क्षेत्रमा खर्च भईरहेको छ । सबैभन्दा ठूलो त मान्छेको ज्यान हो । अपेक्षा गरौं सबै राम्रो हुँदै जाने छ ।

अहिले वास्तवमा लुम्बिनी भगवान गौतम बुद्ध २५६४ बर्ष अगाडी जन्मदातिरको वातावरण जस्तो थियो होला अहिले विदेशीहरुहरुलाई हेर्ने अवस्था यस्तै छ । पुरै फूलले सजिएको छ । चराचुरुङ्गीहरुको आवाज सुन्न पाईन्छ । विभिन्न जातका जनावरहरु देख्न पाईन्छ । शान्त वातावरण छ । अहिले हामी २५६४ बर्ष अगाडीको लुम्बिनीको कल्पना गर्न सक्छौं ।

अब लकडाउन खुलीसकेपछि लुम्बिनी विकास कोषले माननीय मन्त्री ज्यूसँग सल्लाह गरेर प्रधानमन्त्री ज्यूसँगै सल्लाह गरेर आन्तरिक पर्यटक भित्राउने योजना बनाउँछौं । विदेशी पर्यटक त कस्तो हुन्छ विश्व अर्थतन्त्रले पनि निर्धारण गर्ने कुरा हो ।

हामीले आन्तरिक पर्यटक बढाउनका लागि पनि यो बुद्ध जयन्तीपछि चाँडै बैठक बस्ने भन्ने सोंच बनाईरहेका छौं । लकडाउन खुलेपछि माननीय मन्त्री ज्यूको अध्यक्षतामा बैठक बस्छ । आन्तरिक पर्यटकहरुलाई पनि ल्याएर घुमाउँदाखेरी यहाँका होटेल व्यवसायीदेखि लिएर अन्यलाई पनि एक दुई पैसा आर्थिक सहयोग हुन्छ भनेर योजना बनाएका छौं ।

लकडाउन खुलेपछि तीनवटा जिल्लाका होटेल व्यवसायी संघका अध्यक्ष ज्यूहरुसँग एकचोटी राखेर छलफल गछौं कि के गर्दा राम्रो हुन्छ । उहाँहरुलाई पनि मर्का नपरोस् । हिजो आन्तरिक पर्यटक आउँदा ४,५ हजार रुपैयाँ पर्ने कोठालाई एउटा छुट लिएर प्याकेजमा जान सकिन्छ यसले आन्तरिक पर्यटकहरु आउन सहज हुन्छ । लकडाउन खुलेपछि प्रदेशका होटेल एशोसियसनसँग छलफल गर्ने सोंच बनाईरहेका छौं ।



प्रतिक्रिया दिनुहोस !