१९ मंसिर २०८२, शुक्रबार

शंकर पोखरेल : नेपाली राजनीतिको भविष्य–दृष्टि

(संघर्ष, अवसर र नेतृत्व–विकासको एक असाधारण कथा)
प्रकाशित मिति :  5 December, 2025 7:30 am


  • जबजका प्रमुख व्याख्याकार र वैचारिक नेता
  • डिजिटल नेपालको शिल्पकार
  • संघीयताको असली व्यवस्थापक
  • संगठन पुनर्जीवनकर्ता : जरा, ग्रासरुट र जागरण अभियान

नेपाली राजनीतिले कहिलेकाहीँ अनपेक्षित ठाउँबाट प्रतिभा जन्माउँछ । दाङको हाडिमे तुलसीपुर बजार छेउको सानो गाउँमा हुर्किएको एउटा बालक पछि मुलुकको वैचारिक र सङ्गठनीक नेतृत्वको स्वरूप नै पुनर्परिभाषित गर्नेछ भन्ने कसैले सोचेका थिएनन् । त्यही असम्भवलाई सम्भव बनाउने व्यक्ति हुन्–शंकर पोखरेल ।

सम्पन्न परिवारमा जन्मेका उनको जीवन सदैव साधारण प्रायः बित्यो । जीवनले कहिलेकाहीँ मानिसका कल्पनाभन्दा सुन्दर र अनपेक्षित कथाहरू लेख्छ । हाडिमेको त्यो शान्त र विनम्र बालक एकदिन नेपालको राजनीतिक यात्रा, वैचारिक संवाद र नेतृत्व–प्रवाहमा महत्वपूर्ण मोड बनिदिनेछ भन्ने कुरा त्यतिबेलाका घर–आँगनले पनि सोचेका थिएनन् ।

समयको आफ्नै सौन्दर्य हुन्छ–उसले बिस्तारै सबैलाई चकित पा¥यो । गाउँको माटोमा जन्मेको त्यो सानै बालक पछि राष्ट्रिय रूपान्तरण, वैचारिक स्पष्टता र संगठनात्मक अनुशासनको प्रतीकझैँ उदाउँदै गयो । आज शंकर पोखरेललाई नेपाली राजनीतिमा केवल एक नेताका रूपमा मात्र हेर्न सकिदैन । उनी एकैसाथ–अध्ययनशील व्यक्तित्व, वैचारिक व्याख्याकार, प्रखर, सुसंस्कृत र तथ्यपूर्ण वक्ता र संगठनलाई अनुशासन, दिशा र स्थिरता दिने शिल्पीका रूपमा चिनिन्छन् ।

उनको वक्तृत्वमा भावनाको उतार–चढावभन्दा बढी तर्कको गहिराइ पाइन्छ । उनको लेखनमा राजनीतिक विश्लेषणभन्दा बढी भविष्यको सम्भावनाको आभास देखिन्छ र उनको व्यवहारमा वैचारिक कडाइभन्दा पनि सादगी र कर्म को प्रतिबिम्ब झल्किन्छ ।

नेपालको राजनीतिक संक्रमणका कठिन मोड–कहिले हिंसात्मक द्वन्द्वले आहत, कहिले अस्थिरताले थकित मुलुकलाई सम्भव समाधानतर्फ डोर्याउन उनले प्रस्तुत गरेका वैचारिक प्रस्तावहरू–संविधानसभा, संघीयता र राज्य पुनर्संरचनाको अवधारणा, तत्कालिन समयका लागि साहसिक मात्र होइन, दूरदर्शी कदम थिए । यिनै हस्तक्षेपहरूले उनीलाई समकालीन नेपाली राजनीतिका द्वितीय पुस्तामै सर्वाधिक सम्भावनायुक्त र नीतिगत रूपान्तरणतर्फ उन्मुख नेतृत्वका रूपमा स्थापित गरिदिएको छ ।

शंकर जनताको बहुदलीय जनवाद (जबज) का प्रमुख व्याख्याकार मात्र होइनन्, त्यसलाई वर्तमान र भविष्यको राजनीतिक अभ्याससँग जोडेर व्यावहारिक कार्यान्वयन गर्नसक्ने सीमित नेतामध्ये एक मानिन्छन् ।

हाडिमेदेखि बनारससम्म : एक राजनीतिक चेतनाको प्रारम्भ
सम्पन्न परिवार, सरल वातावरण तर असाधारण जिज्ञासा–यहीबाट सुरु हुन्छ शंकर पोखरेलको वैचारिक यात्रा । गाउँमै प्रारम्भिक शिक्षा हासिल गरेका शंकरले ‘मण्डले’ गुन्डागर्दी र राज्यदमनका कारण देश छाड्नु प¥यो । तुलसीपुरस्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत उनी ‘मण्डले’ गुन्डागर्दी र राज्यदमनको पटक–पटक शिकार भए । अन्ततः अध्ययन पुरा गर्न विद्यालय मात्र नभई देश छोड्न बाध्य भए । त्यही बाध्यताले शंकरलाई प्रतिभा प्रष्फुटन गर्ने अवसर प्रदान गरिदियो ।

भारतका शैक्षिक सहर बनारस, जसले शंकरलाई देशबाहिरबाट देशकै राजनीति बुझ्ने दृष्टि दियो । बोर्ड परीक्षा प्राइभेट रूपमा पास गर्दै बी.कम.सम्मको अध्ययन बनारसमै सम्पन्न गरेका शंकरलाई बनारसले अध्ययनमात्र नभई कोटी–कोटी राजनीतिक चेतना प्रदान गर्यो । विद्यार्थी आन्दोलन, बारम्बार गिरफ्तारी, प्रतिरोधको अनुभूति–यी सबै परिवेशले पोखरेललाई राजनीतिक रूपमा धारिलो बनाउँदै लगे ।

मदन भण्डारीसँगको भेट : यात्राको दिशानिर्धारण
बनारसमा अध्ययनरत छँदा शंकर पोखरेलले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन गठन गरे । यिनै गतिविधिले उनलाई जननेता मदन भण्डारीको नजिक पु¥यायो र यही भेटले उनको राजनीतिक मार्गचित्र नै बदलिदियो ।

भण्डारीसँगको सम्पर्क उनीभित्रको प्रतिवद्धतामा रूपान्तरण बन्यो । २०४२ सालमा नेपाल फर्किएका शंकर विद्यार्थी राजनीतिमा संगठित रूपमा होमिए र २०४५ सालमा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनका सभापति बन्न सफल भए–त्यो समय विद्यार्थी राजनीति नै राष्ट्रिय राजनीति प्रवेशद्वार थियो । यस नेतृत्वले उनलाई जनआन्दोलन–२०४६ को मुख्य युवा चेहराका रुपमा परिचित गरिदियो ।

उनको बोलीमा जोश थियो, विचारमा स्पष्टता र अभियानमा दृढता थियो । यही विशेषताले उनी विद्यार्थी नेता हुँदै राष्ट्रिय नेतामा गनिए । जननेता मदन भण्डारीबाटै “जनताको बहुदलीय जनवादको व्याख्याता” को उपाधि पाएका शंकरले यस कार्यमा सफलता हात पारेरै छाडे । जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गनिर्देश सिद्धान्त बनाउन नेतृत्वमा दबाब, प्रभाव बढाएका शंकरले कार्यकर्तामा जबजको ज्ञान बाँड्दै गए । थाकेनन् उनी जबजलाई पार्टीको मार्गनिर्देश सिद्धान्त बनाउने कार्यमा सफलता हासिल गरेरै छाडे । दाङ क्षेत्र नम्बर ३ बाट पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर शंकरले यहीबाट राजनैतिक भूमिकाको नयाँ अध्याय सुरु गरे ।

मनमोहन अधिकारीको नेतृत्वमा पहिलो कम्युनिस्ट सरकार बनेपछि पोखरेल पार्टी प्रचार विभाग प्रमुख बने–उनको वक्तृत्व, विश्लेषण र सञ्चार क्षमताले पार्टीलाई जनतामा सुदृढ रूपमा प्रस्तुत गर्न मद्दत ग¥यो । एमालेका महाधिवेशनहरूमा लगातार चयन–केन्द्रीय सदस्य, सचिव, स्थायी समिति सदस्य–यसले उनीभित्रको वैचारिक पकड र संगठनात्मक क्षमताको पुष्टि गरिरह्यो ।

जनआन्दोलन, गणतन्त्र र संक्रमण : अग्रपंक्तिको साहसिक नेतृत्व
२०६२/२०६३ को जनआन्दोलन नेपालका राजनीतिक इतिहासको यस्तो मोड थियो, जहाँ नागरिकको आवाज सडकबाट राजतन्त्रको ढोकासम्म ध्वनित भएको थियो । त्यही भीड, त्यही उर्जा, त्यही ऐतिहासिक क्षणबीच शंकर काठमाडौँमा आन्दोलनको अग्रपंक्तिमा उभिए–केवल नेता भएर होइन, साहसिक, स्पष्ट र विचारले निर्देशित राजनीतिक व्यक्तित्वका रूपमा ।

त्रिचन्द्र क्याम्पसको आँगन त्यो दिन भरिभराउ थियो । नयाँ युगको आहट त्यही क्याम्पसबाट सुरू भएको थियो । गणतन्त्रसम्बन्धी पहिलो खुला सभामा मुख्य वक्ता भएर जब शंकर बोल्न थाले, उनका शब्दमा प्रतिबद्धता मात्र थिएन, परिवर्तनको धड्कन थियो । उनलाई सुन्दै गर्दा लाग्थ्यो–यो नेता केवल “व्यवस्था बदल्न” बोलिरहेको छैन, बरु “देशको भविष्य कल्पना” गर्दै बोलिरहेको छ । नेपालको राजनीतिक यात्रा असाधारण तीव्रतामा बदलियो–राजतन्त्रको ऐतिहासिक अन्त्य, २०६३ मंसिर ५ को बृहत् शान्ति सम्झौता, २०६४ को संविधानसभा निर्वाचन, त्यसपछिको तरंगित संक्रमणकाल, अस्थिर सरकारहरूको दीर्घ शृङ्खला र संविधान निर्माणको चुनौतीपूर्ण, कहिले उधुम्मे राजनीतिक, कहिले अत्यन्त संवेदनशील प्रक्रिया–यी सबै मोडमा शंकर निरन्तर उपस्थित रहे, एक जिम्मेवार, विचार–निर्देशित र परिस्थिति विश्लेषणमा निपुण नेता भएर । उनी न त नारा–केन्द्रित थिए, न त क्षणिक लोकप्रियताको पछाडि दौडिनेमध्ये, बरु उनका भाषण, हस्तक्षेप र राजनीतिक कदमहरू सधैँ समाधानमुखी, स्थायित्व–मुखी र दीर्घकालीन संरचना निर्माणतर्फ उन्मुख रहन्थे ।

आन्दोलनपछि बनेका सरकारहरूको कमजोरी, बारम्बार बिग्रदै जाने राजनीतिक समीकरण, आपसी अविश्वास, शक्ति–तनाव र संक्रमणले सिर्जना गरेको अनिश्चितताको बाक्लो कुहिरोबीच पनि पोखरेल निरन्तर शान्त, तर्कसंगत र वैचारिक रूपमा स्थिर आवाज बनेर देशभित्र सुने–उनको भूमिका कहिले पृष्ठभूमिमा देखिन्थ्यो, कहिले अग्रभागमा तर त्यसले मुलुकलाई चाहिएको विवेकपूर्ण मार्गदर्शन कहिल्यै छुटेन ।

संक्रमण केवल राष्ट्रकै परीक्षा मात्र थिएन, यो नेपालले आफ्ना नेताहरूलाई कसरी सम्झन्छ, कसरी मापन गर्छ र कसलाई दीर्घकालीन नेतृत्वका रूपमा विश्वास गर्छ भन्ने दृष्टिकोणको पनि गहिरो मूल्यांकन थियो । शंकर यस परीक्षामा केवल सक्षम पात्र भएर होइन, संघर्ष, दृढता र विवेकको दुर्लभ संयोजन भएर उभिए–अस्थिरताको बीचमा स्थिरता, शोरको बीचमा तर्क र अविश्वासको बीचमा प्रष्ट दृष्टिकोण प्रस्तुत गर्दै ।

सूचना तथा सञ्चार मन्त्री : डिजिटल नेपालका आरम्भकर्ता
२०६६ सालमा एमाले नेतृत्वको सरकार गठन भएसँगै शंकरसूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारीमा नियुक्त भए । नेपालको राजनीतिक संक्रमण, प्रशासनिक जटिलता र विकासका प्राथमिकताहरू फेरबदल भइरहेका संवेदनशील समयमै यो मन्त्रालय सम्हाल्नु कुनै साधारण काम थिएन । सूचना–सञ्चार मन्त्रालय उसबेला केवल प्रसारण अनुमति वा सरकारी सूचनालाई व्यवस्थित गर्ने कार्यालय मात्रै थिएन–यो देशलाई डिजिटल युगतर्फ लैजाने प्रवेशद्वार थियो र त्यो प्रवेशद्वार खोल्ने अवसर पोखरेलको काँधमा आइपुगेको थियो । उनका लागि यो पद सत्ताको प्रतिष्ठाभन्दा बढी नेपालकै भविष्यको संरचना निर्धारण गर्ने रणनीतिक अवसर थियो । त्यही असल अवसर बोधका कारण उहाँको छोटो मन्त्रीकालले नेपाली सूचना–सञ्चार इतिहासमा स्थायी छाप छोड्यो ।

सबैभन्दा महत्वपूर्ण उपलब्धिमध्येको पहिलो–नेपालले हराएको ‘स्पेस–अधिकार’ पुनः प्राप्त गरिनु । विगतका त्रुटिपूर्ण निर्णयका कारण नेपालले आफ्नै भू–भागमाथिको उपग्रह–स्पेक्ट्रम अधिकार गुमाएको थियो, जसको ठूलो रणनीतिक, प्राविधिक र आर्थिक मूल्य थियो । त्यो अधिकार पुनः प्राप्त गर्नु केवल कानुनी प्रक्रिया मात्र होइन–यो नेपालले विश्वसामु आफ्नो ‘डिजिटल सार्वभौमिकता’ पुनः स्थापित गरेको क्षण थियो, र त्यसको अग्रसर नेतृत्व शंकरले लिए ।

दोस्रो महत्वपूर्ण कार्य–विदेशी टेलिभिजन च्यानलहरूको अनियन्त्रित प्रवेशलाई व्यवस्थापन गर्ने कानुनी संरचना निर्माण । त्यसबेला नेपालमा विदेशी च्यानलहरू बिना नीति, बिना नियमन र बिना प्रसारण–सन्तुलन सञ्चालन भइरहेका थिए । यसले नेपाली सांस्कृतिक मूल्य, विज्ञापन बजार र सञ्चार–सामथ्र्यलाई दीर्घकालीन खतरा पु¥याउने देखिन्थ्यो । शंकरले यो जोखिम चाँडै पहिचान गरे र आधुनिक प्रसारण प्रणालीअनुसार नियमन गर्न कानुनी संरचना तयार गराए–जसले नेपालमा सञ्चार सार्वभौमिकताको पहिलो कडा ढोका स्थापना गरिदियो ।

त्यस्तै नेपाल टेलिकममा डाटा मुखी विस्तारको थालनी, त्यो समयका लागि अत्यन्तै दूरदर्शी निर्णय थियो । संसार ‘डाटा इज द फ्युचर’ भनिरहेका बेला नेपाल भने अझै भ्वाइस–केन्द्रित सेवामा अड्किएको थियो । शंकरले टेलिकम सेवाहरूलाई डाटा–प्रधान बनाउने रणनीति अघि सार्दै देशलाई मोबाइल इन्टरनेट, ब्रॉडब्यान्ड सुविधा र डिजिटल सेवातर्फ लैजाने आधार खडा गरे । नेपालको भौगोलिक कठिनाइका बीच ‘डिजिटल पहुँच’ विस्तारका दीर्घकालीन योजनाहरूको बीजारोपण उनीकै पालामा भयो ।

यसैक्रममा ‘सूचना महामार्ग’ (Information Highway) को अवधारणा संस्थागत रूपमा अघि बढाउनु उनको अर्को ऐतिहासिक योगदान थियो । नेपाललाई पूर्व–पश्चिम र उत्तर–दक्षिणका भौतिक सडकजत्तिकै महत्वपूर्ण डिजिटल सडक आवश्यक छ भन्ने बुझेर उनले सरकारी संरचनामा ‘सूचना महामार्ग’ लाई प्राथमिकता दिँदै राष्ट्रिय विकास दर्शनमै समावेश गराए । आज नेपालकै डिजिटलाइजेसन, ई–गर्भेन्स, इन्टरनेट विस्तार र दूरदराजसम्म पुगेको डिजिटल पहुँच–यसको आधारभूत ढाँचा शंकरको कार्यकालमै तयार भएको हो ।

यदि नेपालको आधुनिक दूरसञ्चार प्रणालीलाई ‘डिजिटल क्रान्तिको आधार’ मानिन्छ भने, त्यो आधार राख्ने प्रमुख शिल्पकार शंकर पोखरेल नै हुन् । उनका निर्णयहरू तत्कालका लागि लोकप्रिय नदेखिए पनि दीर्घकालीन संरचना, सार्वभौमिकता र डिजिटल भविष्यको तयारीका दृष्टिले निर्णायक सिद्ध भए । उनको मन्त्रालय काल केवल कार्यकालको सम्झना मात्र होइन–नेपालका सूचना–सञ्चार इतिहासमा स्वर्णाक्षरले लेखिने क्षण हो, जहाँ एउटा जिम्मेवार नेतृत्वले मुलुकलाई डिजिटल युगको ढोकासम्म पु¥याउने काम गर्यो ।

संस्थापक मुख्यमन्त्री : सफल नेतृत्व, ऐतिहासिक कार्यकाल
२०७४ सालमा नयाँ संविधानले संघीयताको ढोका खोलेपछि मुलुकले पहिलोपटक सातवटा प्रदेशमार्फत् नयाँ शासन–संरचनामा प्रवेश ग¥यो । कानुनले प्रदेश सरकारका शक्तिहरू निर्धारण गरिदिएको थियो तर व्यवहारमा त्यो शासन उभ्याउने संरचना, अनुभव, पूर्वाधार र नीतिगत आधार लगभग शून्यकै अवस्थामा थियो । त्यही अनिश्चितता, जटिलता र जनअपेक्षाको घुमौरो मोडमा शंकर पोखरेल प्रदेश ५ (आजको लुम्बिनी प्रदेश) का पहिलो मुख्यमन्त्री बने । उनको हातमा जिम्मेवारी मात्र थियो तर कार्यालय थिएन, स्थायी संरचना थिएन, कर्मचारी, नियम, नीति–सबै लगभग रिक्त नै थिए । साधारण नेताले यस्तो अवस्थालाई जोखिम ठान्थ्यो तर शंकरले यसलाई “इतिहास निर्माणको प्रारम्भिक क्षण” भनेर स्वीकारे । शून्यबाट सुरु गर्नु भनेको आधार निर्माणमै सबैभन्दा ठूलो बुद्धिमत्ता र संयम लाग्ने काम हो र त्यसका लागि उनी तयार थिए ।

उनको नेतृत्वमा पहिलोपटक प्रदेश सचिवालय, मन्त्रालयहरूको संरचना, कार्य–प्रणाली, सेवा–प्रवाहका नियम, प्रशासनिक कोड, कर्मचारी व्यवस्थापन र जनसेवा सम्हाल्ने प्रणालीहरू क्रमशः उभिँदै गए । प्रदेश ५ ले प्रशासनिक हैसियत पायो र प्रदेश सरकार केवल ‘कागजी संरचना’ नभई व्यवहारिक शासन बनाउन थाल्यो । यिनै प्रारम्भिक दिनहरूमा पोखरेलले ‘समृद्ध प्रदेश : खुसी जनता’ भन्ने दर्शनलाई केवल नारा नबनाई प्रदेशले अपनाउने दीर्घकालीन शासन–संस्कृतिको आधारमा रूपान्तरण गरे–त्यसले विकास, प्रशासन र सेवा–प्रवाहका स्वभावलाई मार्गदर्शन गर्न थाल्यो । विकासका योजनाहरू पनि पारम्परिक वार्षिक शैलीमा थन्किने होइन, दीर्घकालीन संरचना–पूर्वाधार विस्तार, कृषि आधुनिकीकरण, उद्योग, विद्युत्, पर्यटन, यी सबैलाई एकीकृत ढङ्गले अघि बढाउने नक्साको स्वरूप लिन थाले ।

संघीयतापछिको सबैभन्दा संवेदनशील र विवादास्पद विषय थियो–प्रदेशको नाम र राजधानी । यसमा अनेक क्षेत्रीय मनोविज्ञान, ऐतिहासिक पहिचान, राजनीतिक प्रतिस्पर्धा र स्थानीय भावना मिसिएका थिए । यिनै जटिलता बीच शंकरले पूर्व, मध्य र पश्चिम क्षेत्रमा रहेका भावनाहरूलाई एउटै साझा आत्मसम्मानमा बाँधेर दाङको राप्ती उपत्यका देउखुरीलाई राजधानीका रूपमा टेस्र्याए र प्रदेशको नाम ‘लुम्बिनी’ राखेर त्यसलाई ऐतिहासिक, सांस्कृतिक र भावनात्मक रूपमा सुरक्षित, सम्मानित र सबैका साझा गौरवको केन्द्र बनाइदिए ।

प्रदेश ५ त्यो समय देशकै पहिलो प्रदेश बन्यो जहाँ नाम र राजधानी दुवै विवाद, विभाजन वा राजनीतिक कटुता बिना निर्धारण भए–यो शंकरको संयम, वार्ता–दक्षता र व्यापक स्वीकार्यतामा आधारित नेतृत्वको परिणाम थियो ।

संस्थापक मुख्यमन्त्रीका रूपमा शंकर पोखरेलको भूमिका केवल कार्यालय स्थापना वा नीति बनाउने काममा सीमित रहेन । उनले संघीयताको मनोविज्ञान निर्माण गरे–जनतामा नयाँ शासनप्रतिको विश्वास जगाए, कर्मचारीमा नयाँ जिम्मेवारीबोध स्थापित गरे र प्रदेशहरू केवल प्रशासनिक विभाजन होइनन्, भविष्य–निर्माणका केन्द्र हुन् भन्ने मान्यता स्थापित गरे । लुम्बिनी प्रदेशको शासन–संस्कृति, प्रारम्भिक संस्थागत आधार, विकास–दृष्टिकोण र पहिचान–निर्माणसम्बन्धी मान्यता आज सुव्यवस्थित देखिन्छ–ती सबैको पहिलो र बलियो ढाँचा शंकरकै नेतृत्वमा तयार भएको थियो । यस अर्थमा उनको योगदान केवल प्रशासनिक उपलब्धिहरूको सूची होइन–यो राजनीतिक, सांस्कृतिक र ऐतिहासिक नेतृत्वको गहिरो हस्ताक्षर हो, जसले संघीय नेपालका प्रारम्भिक वर्षहरूलाई स्थिरता, दिशा र अर्थ दिएको थियो ।

वैचारिक नेतृत्व : पार्टी लोकतान्त्रिकरणदेखि रूपान्तरणीय अर्थनीतिसम्म
एमालेको इतिहासमा २०६५ सालको बुटवल महाधिवेशन एक महत्वपूर्ण बौद्धिक मोड थियो, जहाँ शंकर पोखरेलले पार्टी जीवनको लोकतान्त्रिकरणबारे पुरक प्रस्ताव राखे–एक यस्तो प्रस्ताव, जसले पार्टीभित्र बहस त गहिरियो नै, अन्ततः प्रतिनिधिहरूले सर्वसम्मत रूपमा स्वीकारेपछि एमाले बहुपदीय प्रणालीतर्फ अग्रसर भयो । पार्टीभित्र विचार, विधि, प्रतिस्पर्धा र वैचारिक स्पष्टतामार्फत नेतृत्व उत्पादन गर्ने आधुनिक संस्कृति स्थापना गर्न यो प्रस्ताव निर्णायक बन्यो र यसले शंकरलाई पार्टीका ‘आन्तरिक लोकतन्त्रका प्रमुख अभियन्ता’ का रूपमा चिनायो ।

समयक्रमले उनको वैचारिक हस्तक्षेपलाई थप परिपक्व रूपमा २०७१ को नवौं महाधिवेशनमा देखायो, जहाँ उनले प्रस्तुत गरेको आर्थिक–सामाजिक रूपान्तरणको विस्तृत अवधारणाले पार्टीको नीतिगत दिशा दीर्घकालीन राष्ट्रिय मुद्दासँग जोडिदियो । यो अवधारणा केवल विकासका नारा थिएनन्–यसले राष्ट्रको उत्पादन संरचना, पूर्वाधार, सामाजिक न्याय, आर्थिक समानता र राज्यको दीर्घकालीन दृष्टिकोणको बहसलाई एउटा सुस्पष्ट ढाँचा प्रदान गर्यो । यही कारण, शंकर आज पनि एमालेलाई वैचारिक रूपमा स्पष्ट, संगठनात्मक रूपमा ऊर्जाशील र नीतिगत रूपमा व्यवस्थित बनाउने प्रमुख वैचारिक इञ्जिनियरमध्ये एक मानिन्छन्–यस्ता नेता जो पार्टीभित्र विचारको मेरुदण्ड, तर्कको आधार र दिशा–निर्धारण गर्ने संयत शक्ति बनेर उभिन्छन् ।

यसै वैचारिक स्थिरता, संगठनात्मक परिपक्वता र संवादमूलक नेतृत्वकै परिणामस्वरूप पार्टी एकता प्रक्रियामा उत्पन्न मतभेद, आन्तरिक द्वन्द्व, संरचनागत जोखिम र विभाजनका कठिन घडीमा पनि शंकर निरन्तर संयमता, संवाद र संगठनात्मक शुद्धताको पक्षमा अडिग रहे । विवादका बीच पनि उनी कडाइभन्दा बढी विवेक, भावनाभन्दा बढी तर्क र आरोप–प्रत्यारोपभन्दा बढी समाधान केन्द्रित भएर चल्ने नेताका रूपमा स्थापित भए । यिनै गुणहरूले २०७८ को चितवन महाधिवेशनबाट एकमतले एमालेको महासचिवमा निर्वाचित शंकरको कार्यकाल ऐतिहासिक रह्यो । यो केवल पदोन्नति होइन, पार्टीभित्रको विश्वास, वैचारिक स्थिरता र दीर्घकालीन नेतृत्व–योग्यताको संस्थागत मान्यता थियो । महासचिव बनेपछि उनी संगठन सुदृढीकरण, वैचारिक विकास, राष्ट्रिय मुद्दामा नेतृत्व र नयाँ पुस्ताको प्रशिक्षण जस्ता संवेदनशील र भविष्य–निर्माणसम्बन्धी क्षेत्रहरूमा सक्रिय भूमिका सम्हालिरहेका छन् ।

संठनकर्ता पोखरेल : जरा–जडदेखि शीर्षसम्मको पुनर्जागरण
शंकर पोखरेलको राजनीतिक यात्रामा एउटा विशेष अध्याय छ–संगठन पुनर्निर्माण र विस्तारमा उनका ऐतिहासिक योगदानको अध्याय । महासचिवको जिम्मेवारी सम्हाल्दा उनले पार्टीलाई केवल सञ्चालन मात्र गरेनन्, थकित, विखण्डित र आत्मविश्वास गुमाउँदै गएको संगठनलाई फेरि उठाए, जसोतसो बाँचिरहेको संरचनालाई स्पातिलो बनाइदिए ।

महासचिव पोखरेलको नेतृत्वमा चलेका ‘मिसन ग्रासरुट’, ‘जरा अभियान’ र ‘मध्यपहाडी जागरण यात्रा’ पार्टी इतिहासका सबैभन्दा गहन, कारणसहितका र रूपान्तरणकारी अभियानका रूपमा दर्ज भए । यसले पार्टीलाई सुदूर गाउँ, टोल, बस्ती र वडासम्म पुनःजोड्यो । लामो समयदेखि कागजमा मात्र जीवित रहेझैँ भएका कमिटीहरू फेरि चलायमान बन्न थाले । कार्यकर्ता आत्मविश्वासले भरिन थाले । पोखरेलको मुख्य सूत्र थियो–“संगठन बलियो भयो भने विचार–कार्यक्रमा ऊर्जा स्वयम् प्रस्फुटित हुन्छ ।”

शंकर पोखरेलले पार्टीका तल्ला कमिटीलाई चलाएमान बनाउन “जरा अभियान” सुरु गरे । यो केवल कार्यक्रम थिएन, पार्टीभित्रको स्मरण–पुनःस्थापना प्रक्रिया थियो–कसरी बनेका थियौं ? किन बनेका थियौं ? कुन मूल्यमा बनेका थियौं ? शंकरले कार्यकर्तालाई मूल मूल्य, सिद्धान्त र वैचारिक आधारतर्फ फर्काए । जरा खोज्दा मात्रै बोट बाँच्ने उनको तर्कले पार्टीभित्र एक किसिमको वैचारिक अनुशासन फर्कियो ।

पार्टीले अगाडि सारेको मध्यपहाडी जागरण यात्रा–यो अभियानले त झन् पार्टीभित्र नयाँ प्राण फुकिदियो । पहाडका दुर्गम भेगमा पुगेका शंकरले कार्यकर्ता मात्र होइन–स्थानीय जनतासँग सीधा संवाद गर्दै पार्टीलाई जनताको आत्म–अनुभवसँग जोडे । यात्राको प्रत्येक पाइलामा उनले सुनाउँथे–“संगठन जमिनमा बलियो भयो भने नेतृत्व आकाशमा स्थिर रहन्छ ।”

यी तीन अभियान मिलेर पोखरेलको महासचिवीय काल संगठनीक पुनर्जागरणको रूपमा स्थापित भयो । धर्मराउन थालिएका कतिपय संरचनाहरू बलिया स्तम्भमा परिणत भए । सक्रियता हराइसकेका विभाग फेरि जागे । लामो समयदेखि केन्द्र–प्रदेश–स्थानीय तहबीच असमन्वय रहेको व्यवस्थामा समन्वयका नयाँ पुल बने ।

यसरी, शंकर केवल राजनीतिज्ञ मात्र होइनन्, उनी एउटा योजना–मानससहितका संगठन–निर्माता, ऊर्जा फुक्ने पुनर्जीवक र टुटिरहेको संरचना जोड्ने कुशल अभियन्ता पनि हुन् । उनका यी ऐतिहासिक प्रयासहरू समग्र जीवनीमा एउटा गहिरो र प्रभावशाली कथानक बनेर उदिन्छन्–जहाँ शंकर पोखरेललाई पार्टीको आधुनिक रूपान्तरणको प्रमुख शिल्पीका रूपमा स्थापित गर्छ ।

जेनजी आन्दोलनपछि पार्टीभित्र एक प्रकारको थकान, मन्दी र अवसाद छाएको थियो । लामो संघर्षको ऊर्जाबाट चल्दै आएको संगठन आन्दोलनपछिको संक्रमणकालीन परिस्थितिमा सुस्त, अनिश्चयग्रस्त र दिशाहीन हुँदै गइरहेको थियो । यही संवेदनशील मोडमा, जब पार्टीलाई युवा ऊर्जा, स्पष्ट दृष्टि र योजनाबद्ध संगठन निर्माण आवश्यक थियो, त्यही क्षणमा शंकर पोखरेल अब्बल नेतृत्वका रूपमा उभिए ।

शंकरले परिस्थितिलाई केवल चुनौतीका रूपमा मात्र देखेनन्, उनी त्यो अवस्थालाई पार्टी पुनर्जागरणको अवसरका रूपमा लिए । उनको नेतृत्व शैली कुनै सामान्य दैनिक निर्णयमा सीमित थिएन; बरु तीन मूलभूत आधारमा टेकेर अघि बढ्थ्यो–पहिलो, पार्टीलाई फेरि मूल्य, सिद्धान्त र विचारको जगतर्फ फर्काउने वैचारिक पुनर्संरचना । दोस्रो, निस्क्रिय बन्दै गएको संरचनामा पुनःप्राण फुक्ने उद्देश्यसहित सुरु गरिएका मिशन–आधारित संगठनात्मक अभियान, जसले ग्रासरुट कमिटीदेखि लिएर केन्द्रसम्म नयाँ सक्रियता पैदा ग¥यो र तेस्रो, विगतमा अक्सर असमन्वयले कमजोर परेको केन्द्र, प्रदेश र स्थानीय तहबीचको सहकार्य संस्कृतिलाई पुनस्र्थापना गर्दै पार्टी सञ्चालनलाई एकीकृत र सुगठित बनाउने प्रयास ।

यी तीनै आधार मिलेर शंकर पोखरेलको नेतृत्वलाई केवल कार्यकर्ता–केन्द्रित मात्र होइन, दूरदृष्टियुक्त संगठन–निर्माणको नमुनाका रूपमा स्थापित गर्छन् । जेनजी आन्दोलनको थकानबाट झुकेका, व्यस्ततम राजनीतिक संक्रमणमा दिशा खोज्दै हिँडिरहेका हजारौँ कार्यकर्ताले पोखरेलमा एउटा मार्गदर्शक, प्रेरक र ऊर्जा–दाताका रूपमा विश्वास गरे ।

महासचिवका रूपमा उनले सुरु गरेका मिसन ग्रासरुट, जरा अभियान र मध्यपहाडी जागरण यात्राले सुस्ताएका कमिटी, निष्क्रिय संरचना, करकापमा चलेका सेल र क्षेत्रीय संयन्त्रहरूमा फेरि नयाँ कसम, नयाँ सक्रियता र नयाँ अनुशासन भरे । त्यसैले पार्टीभित्र प्रायः भनिन्छ– “जेनजी आन्दोलनले आन्दोलन निर्माण गर्यो भने, शंकर पोखरेलले त्यो आन्दोलनपछि संगठन पुनःजागरण गराए ।” शंकरको यो भूमिका उनको जीवनीमा एक विशेष पहिचानको रूपमा दर्ज हुन्छ–फेरि उठाउने, फेरि जोड्ने, फेरि चलाउने नेतृत्व ।

आज शंकर पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमै एक यस्तो व्यक्तित्व बनेका छन्–जो संगठनलाई दिशा दिन सक्छन्, कार्यकर्तालाई वैचारिक आधार प्रदान गर्न सक्छन्, राष्ट्रिय मुद्दामा स्पष्ट र तर्कसंगत आवाज उठाउन सक्छन् र भविष्यका संभावनायुक्त नेतृत्वहरूलाई तयार पार्न सक्छन् । उनको यात्राले सिद्ध गरिदिएको छ–राजनीति केवल पदको आरोहण होइन, चुनौतीका क्षणमा प्रस्तुत विवेक, विवादका घडीमा देखिने संयमता र दीर्घकालीन स्थिरतामा देखिने प्रतिबद्धताले नै नेता पहिचान बनाउँछ । शंकर पोखरेल यही संयोजनका प्रतिनिधि नेता हुन्–विचार, संगठन र भविष्य तीनै तहमा ।

संघर्ष, समर्पण र सम्भावनाको यात्रा
राजनीतिक यात्रा जति सशक्त छ, शंकर पोखरेलको बौद्धिक यात्रासमेत त्यत्तिकै गहिरो र विविधतायुक्त छ । उनी केवल राजनीतिमा सक्रिय नेता होइनन्–कलमद्वारा समाज, विचार र परिवेशलाई विश्लेषण गर्ने एक गम्भीर लेखक र तर्कसंगत विश्लेषक पनि हुन् । उनको लेखनमा आन्दोलनको धक्का छैन, तर विचारको गहिरो उठान छ, भाषामा आवेगभन्दा अधिक चुस्तता र सन्तुलन छ र विश्लेषणमा सतही टिप्पणीभन्दा बढी दिशानिर्देशनको शक्ति भेटिन्छ ।

उनका पुस्तकहरू, समसामयिक विश्लेषण, पार्टीको नीतिगत बहसलाई प्रभाव पार्ने लेख–रचना र एक्काइसौं शताब्दी जस्ता वैचारिक पत्रिकाको सम्पादन यात्राले पोखरेललाई राजनीतिभित्रै नभई बौद्धिक जगत्मा पनि एउटा प्रतिष्ठित आवाज बनाएको छ । ‘युगलहर’ देखि ‘राष्ट्रिय सङ्कल्प’सम्मका प्रकाशनहरूले उनी विचारका विषयमा केवल समीक्षक होइन, दिशानिर्धारक भूमिकामा छन् भन्ने देखाउँछन् । उनका लेखनहरूमा राजनीति केवल शक्ति–खेलको विश्लेषण होइन–राज्य, समाज, विकास, लोकतन्त्र र रूपान्तरणको बहुआयामिक समझले ओतप्रोत हुन्छन्, जसले उनलाई राजनीतिक–साहित्यिक दृष्टिकोण दुवैमा सक्षम पात्रका रूपमा स्थापित गर्छ ।

यिनै बौद्धिकता, संगठनात्मक अनुशासन र राजनीतिक स्पष्टताले शंकर पोखरेलको जीवनकथालाई सतही सफलताका प्रसंगभन्दा अलग बनाएको छ । उनका लागि राजनीति कुनै आकस्मिक उचाइ प्राप्त गर्ने माध्यम होइन–यो संघर्ष, निरन्तर अध्ययन, वैचारिक अडान, सादगीपूर्ण जीवनशैली र जिम्मेवारीप्रतिको गहिरो प्रतिबद्धतासहितको दीर्घ यात्रा हो ।

दाङको हाडिमेको माटोमा हुर्किएको त्यो बालक, जसले कठिनाइलाई पाठशाला र अवसरलाई जिम्मेवारी माने, समयक्रमसँगै महासचिवसम्मको यात्रामा पुगे, तर उचाइले उनलाई बदलिएको छैन, विचार, कर्म र नेतृत्व–शैली अझ परिष्कृत मात्र भएको छ । उनी आज पनि राजनीति हेर्दा लोकप्रियताका क्षणिक चकाचौंधभन्दा बढी दीर्घकालीन रूपान्तरणका लक्ष्य देख्छन् । उनी मान्छन्, “देश रूपान्तरण चाहन्छ र त्यो ठोस विचार, दृढ कार्यशैली र जिम्मेवार नेतृत्वबाट मात्र सम्भव हुन्छ ।” यही मान्यतामा उनी निरन्तर अडिग छन् र यही विश्वासले उनीलाई नेपालका नेतृत्व–विकासका सन्दर्भमा एक विशिष्ट चरित्र बनाएको छ ।

शंकर पोखरेलका बारेमा कुरा गर्दा उनी केवल एक पदधारी नेता मात्र होइनन्–उनी एउटा विचारको प्रतिनिधि हुन् एउटा कार्यशैलीको नमूना, एउटा राजनीतिक विद्यालयका जीवित ‘स्कूल’–जहाँ अनुशासन, विवेक, अध्ययन, विश्लेषण र दीर्घकालीन सोच मुख्य आधार हुन् । उनका भाषणले कार्यकर्तालाई ऊर्जा दिन्छ, उनका लेखनले बहसलाई दिशा दिन्छ र उनका निर्णयले संगठनमा स्थिरता दिन्छ । यही विशेषताहरूले उनको जीवनकथालाई संघर्ष, समर्पण र सम्भावनाको कथा मात्र होइन–नेतृत्व, विचार र चरित्रको अद्वितीय संयोजनको कथा बनाएको छ, जसले नेपाली राजनीतिमा एक गहिरो र स्थायी हस्ताक्षर छोडेको छ ।



प्रतिक्रिया दिनुहोस !