१७ बैशाख २०८१, सोमबार

सङ्क्रमणविरुद्धको लडाइँमा सबै एकजुट हुनुपर्नेमा नेम्वाङको जोड

प्रकाशित मिति :  8 May, 2020 7:07 pm


काठमाण्डौं, २६ वैशाख ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले कोरोना सङ्क्रमणविरुद्धको लडाइँमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नेम्वाङले कोरोनाको चुनौतीलाई सामना गरिरहेको अवस्थामा बजेट अधिवेशन प्रारम्भ भएको र कोरोनाविरुद्धको लडाइँमा सबैलाई एकजुट हुन आग्रह गरे।

नेता नेम्वाङले कोरोना रोकथामका लागि लकडाउन आवश्यकता एवं बाध्यता भएको र यो प्रभावकारी ढङ्गले कार्यान्वयन भएका कारण कोरोनाको सङ्क्रमणले नेपालमा भयावह रुप लिन नपाएको बताए।

                         सम्बन्धित समाचार

सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमायो : नेपाली कांग्रेस

सबै एकजुट भएका कारण यो परिणाम आएको बताउँदै उनलेआफ्नो दलका तर्फबाट सरकारलाई स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागका रहेर काम गर्ने सबैलाई धन्यवाद दए ।

कोरानाले धेरै क्षेत्रमा प्रभाव पारेको उल्लेख गर्दै उपनेता नेम्वाङले विदेशमा रहेका र हाल अप्ठ्यारामा परेका नेपालीको समस्या सम्बोधन गर्न सरकारको ध्यान गएको र चाँडै यथोचित काम हुने जानकारी गराए । उनले केही दिनअघि सांसद् अपहरण भएको भनिएको घटना उचित नभएको बताउँदै त्यसबारे यथार्थ के हो भन्नेबारेमा बुझ्नु जरुरी रहेको धारणा व्यक्त गर । नेता नेम्वाङले आफूहरु कुनै पनि आपराधिक क्रियाकलापको पक्षमा नरहेको स्पष्ट पारे ।

                      सम्बन्धित समाचार

नेता महतोले भने,‘काम न काजको शक्तिशाली दुई तिहाई सरकार !’

राजीनामा दिन प्रधानमन्त्री ओलीलाई पूर्व प्रधानमन्त्री भट्टराईको सुझाव



प्रतिक्रिया दिनुहोस !