५ जेष्ठ २०८१, शनिबार

सिमा मिचिएकाे विराेधमा राेल्पामा प्रदर्शन (फाेटाे फिचर)

प्रकाशित मिति :  11 November, 2019 8:36 am


राेल्पा । सिमा मिचिएकाे विराेधमा राेल्पामा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले मानव साङ्लो बनाएर, लिपु लेक हाम्रै हो, तत्काल भारतीय सेना फिर्ता गर, भारत सरकार मुर्दावाद, हामी सबै मिले सीमा रक्षा गरौं, लिपु लेक लगायत अतिक्रमित भूमि पिर्ता गर जस्ता नाराबाजी सहित भारत सरकारको विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनको क्रममा विद्यार्थीहरुले राष्ट्रभक्ति सांस्कृत नृत्य समेत प्रस्तुत गरिएको थियो ।

विद्यालयबाट निस्किएको मानव शाङ्लो भारत सरकारको विरोध गर्दै टुडिखेलमा विरोध ¥याली समेत प्रर्दशन गरेका थिए । मानव शाङ्लोमा विद्यार्थीको युनिफम, राष्ट्रिय पोशाक, नेपालको झण्डा सहित विरोध गरिएको थियो । मानव शाङ्लोमा विद्यालयको शिक्षक, विद्यालयका २ हजार ५ सयभन्दा बढि विद्यार्थीहरु लगायत सरोकारवाला निकायहरुको सहभागिता थियाे ।



प्रतिक्रिया दिनुहोस !