४ जेष्ठ २०८१, शुक्रबार

कार र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

प्रकाशित मिति :  30 April, 2024 10:26 am


काठमाडौँ । भक्तपुरमा कार र स्कुटर एक आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ ।

सोमबार सूर्यविनायक नगरपालिकास्थित सिर्जनानगरमा बागमती प्रदेश ०१.०३०चं. ०९९५ नम्बरको कार र ७३प.२८३६ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक रामेछाम लिखुतामाकोशीका २३ वर्षीय सुजन तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

दुर्घटनामा स्कुटर पछाडि बस्ने सोही ठाउँका २३ वर्षीय राज तामाङ घाइते भएका छन् । उनको भक्तपुरको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको छ । कार चालक ३१ वर्षीय आशिष श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस !