५ जेष्ठ २०८१, शनिबार

काठमाडौँ महानगरले नि:शुल्क लोकसेवा तयारी कक्षा चलाउने

प्रकाशित मिति :  4 May, 2024 9:18 am


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । यसका लागि महानगरले आज सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो ।

काठमाडौँ महानगरले महानगरपालिकाभित्र स्थायी बसोवास भएका, योग्य उमेदवारका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको हो ।

सात दिनभित्र महानगरको सामाजिक विकास विभागमा आवेदन पेस गर्नुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस !