६ जेष्ठ २०८१, आइतबार

सेप्टिक ट्यांकीमा डुबेर बालकको मृत्यु

प्रकाशित मिति :  7 May, 2024 11:11 am


धनगढी । कञ्चनपुरमा सेप्टिक ट्यांकीमा खसेर डेढ बर्यीय वालकको मृत्यु भएको छ।

कृष्णपुर नगरपालिका-३ चित्रपुरका शिवा रानाका डेढ वर्षीय छोरा लिवन रानाको मृत्यु भएको हो । सोमबार मध्याह्न सेप्टिक ट्यांकीमा खसेर डुबेर अचेत अवस्थामा भेटिएका वालकलाई तत्काल उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको थियो।

चिकित्सकले जाँच गर्दा बालकको मृत्यु भएको घोषणा गरेको प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । सो स्थानमा सेप्टिक ट्यांकीको ढक्कन खुला रहेकाले उनी खसेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



प्रतिक्रिया दिनुहोस !