७ जेष्ठ २०८१, सोमबार

बाँकेमा प्रहरीले गोली हानी पक्राउ गर्‍यो दुईजना लागुऔषध कारोबारी

प्रकाशित मिति :  9 May, 2024 11:38 am


बाँके । बाँके प्रहरीले गोली प्रहार गरेर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।

वुधबार राति कोहलपुर १२ बाट दुईजना लागु औषध कारोबारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए।

लागुऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सडकमा जाँच गरिहेको ठाउँबाट उनीहरु भागेपछि गोली प्रहार गरिएको डाँगीले जानकारी दिए ।

प्रहरीको गोली लागेर कोहलपुर नगरपालिका-१२ चप्पलगौडीका २६ वर्षीय सुशील परियार घाइते भएका छन्। उनको खुट्मा गोली लागेको छ । प्रहरीले परियार र उनका साथी सोही ठाउँका २७ वर्षीय प्रमोद कार्कीलाई पक्राउ गरेको हो। कार्कीलाई भने गोली लागेको छैन।

‘उनीहरुको साथबाट १ सय १४ ग्राम ब्राउन सुगर बरामद भएको डाँगीले जानकारी दिए । प्रहरीले उनीहरुको साथमा रहेको भे ६ प ६२०६ नम्बरको स्कुटर बरामद गरेको छ। घाइते परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !