७ जेष्ठ २०८१, सोमबार

भरतपुर सडकमा ब्रुमर सञ्चालन

प्रकाशित मिति :  10 May, 2024 9:58 am


चितवन । भरतपुर महानगरपालिकाले पनि सडक सफा गर्न ब्रुमर (धूलो बढार्ने मेसिन) सञ्चालनमा ल्याएको छ ।

भरतपुरलाई स्वच्छ र हराभरा बनाउने अभियान अन्तर्गत सडक सफा गर्न ब्रुमरको प्रयोग गर्न थालिएको महानगर प्रमुख रेणु दाहालले जानकारी दिएकी छिन् ।

मेयर दाहालले सडकमा ब्रुमर चलेको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै भरतपुर महानगरले सडकको सरसफाइलाई ध्यान दिइने बताएकी छन् । उनले लेखेकी छिन्–”निर्माण सम्पन्न भएका सडकहरूमा महानगरले अब यसरी नै सडकको सरसफाइ लाई ध्यान दिनेछ । र भरतपुरलाई हामी स्वच्छ सफा र हराभरा महानगर बनाउनेछौ” ।



प्रतिक्रिया दिनुहोस !