४ पुस २०८२, शुक्रबार

टक्सार म्यागजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकी ‘मिडिया प्वाइन्ट सम्मान’ बाट सम्मानित

प्रकाशित मिति :  20 May, 2024 9:33 am


काठमाडौँ । टक्सार म्यागजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकी ‘मिडिया प्वाइन्ट सम्मान-२०८१ बाट सम्मानित भएका छन् ।

मिडिया प्वाइन्टको २८ औं वार्षिकोत्सवका अवसरमा टक्सार म्यागजिनका प्रधानसम्पादक रहेका बुढाथोकीलाई १५ हजार ५५५ रुपैयाँ राशीसहित सो सम्मान गरेको हो ।

मिडिया प्वाइन्टका संस्थापक एवम् राष्ट्रिय समाचार समितिका पुर्व महाप्रवन्धक अर्जुन बिष्ट सहितको टोलिले वरिष्ठ पत्रकार बुढाथोकीको निवास कपनमै पुगेर आइतबार सो सम्मान प्रदान गरेका हुन् । मिडिया प्वाइन्टले विगत पाँच वर्षदेखि कृयाशील पत्रकारलाई सम्मान गर्दै आएको छ।

बुढाथोकी २९ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।



प्रतिक्रिया दिनुहोस !