७ कार्तिक २०८१, बुधबार

एसईई नजिता आज बिहान ९ बजे सार्वजनिक हुने, कसरी हेर्ने रिजेल्ट?

प्रकाशित मिति :  27 June, 2024 7:07 am


काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बिहान ९ बजे नतिजा सार्वजनिक गर्ने भएको छ ।

नतिजा सार्वजनिक गर्ने निर्णयका लागि बुधवार बस्न नसकेको बोर्ड वैठक बिहीवार बिहान ७ बजे बस्दैछ ।

गत चैतमा सञ्चालन भएको शैक्षिक सत्र २०८० को एसईई परीक्षामा देशभरबाट ४ लाख ९१ हजार ४९७ परीक्षार्थी सहभागी भएका थिए ।

यो वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने व्यवस्था गर्दैछ ।

तोकिए भन्दा कम आएमा पुनः ग्रेड वृद्धि परीक्षा दिनु पर्ने व्यवस्था गरिएको छ ।

एसईईको रिजेल्ट हेर्नका लागि बोर्डको वेभसाइट, एसएमएस, एनसेल एप, नेपाल टेलिकमको वेभसाइट, इकान्टिपुरको वेभसाइट लगायत विकल्पहरु तय गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !