१६ चैत्र २०८०, शुक्रबार

प्रदेश ५ मा प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन

प्रकाशित मिति :  12 November, 2019 8:20 am


बुटवल । प्रदेशको पूर्वाधार विकासका योजना निर्माण, समीक्षालगायतको काम गर्ने उद्देश्यले प्रदेश ५ मा प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश पूर्वाधार विकास (स्थापना तथा सञ्चालन) आदेश २०७६ स्वीकृत गरेको हो ।

प्राधिकरणको अध्यक्षमा मुख्यमन्त्री, सहअध्यक्षमा आर्थिक मामिला तथा योजना मन्त्री, उपाध्यक्षमा भौतिक पूर्वाधार विकास मन्त्री र सदस्यहरुमा प्रदेशका प्रमुख सचिव र मन्त्रालयका सचिवहरु रहेका सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

बैठकले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको सेवा विस्तारका लागि थप जग्गा आवश्यक परेकाले अस्पतालको दक्षिणतर्फ आडैमा रहेको इलाका वन कार्यालयको जग्गा प्राप्तिका लागि संघ सरकारलाई पत्राचार गर्ने निर्णय गरेको छ । बैठकले बहुवर्षीय आयोजना स्वीकृति तथा ठेक्कासम्बन्धी मापदण्ड २०७६ स्वीकृत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !