१३ बैशाख २०८१, बिहिबार

मिडिया नेपालको १ नम्बर प्रदेश कमिटी घोषणा

प्रकाशित मिति :  13 November, 2019 3:35 am


इटहरी : राष्ट्रिय प्रजान्त पार्टी (राप्रपा)निकट पत्रकार संगठन मिडिया नेपालको १ नम्बर प्रदेश कमिटी घोषणा गरिएको छ ।

मंगलबार सुनसरीको इटहरीमा आयोजित ‘मिडिया नेपाल प्रदेश नम्बर १ कमिटी घोषणा सभा’मा विजयकुमार राउतको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति घोषणा गरिएको हो । सुनसरीका राउत सदाबहार मिडिया प्रालिका अध्यक्ष एवं एकता खबर दैनिक पत्रिकाका सम्पादक हुन् । मिडिया नेपाल प्रदेश १ उपाध्यक्षमा मोरङको समकालीन साप्ताहिकका सम्पादक मधुसुदन ज्ञवाली चयन भएका छन् । यसैगरी सचिवमा मोेरङकै दीपक सुवेदी, सहसचिवमा ताप्लेजुङका सोनाम थापा चुनिएका छन् । सदस्यहरुमा पाँचथरका रमेश थापा, इलामका तारानाथ पौडेल (अविरल) संखुवासभाका कविर लिम्बु, मोरङका सुरेश मिश्र, इलामकी सलिना लमिछाने, उदयपुरका रमेश पौडेल, खोटाङका खेमराज सापकोटा छानिएका छन् । यसैगरी खोटाङका शिव बस्नेत, झापाका शान नेपाल, मोरङका ज्ञानेन्द्र दाहाल र धनकुटाका जीवन फुयाल सदस्यमा चयन भएका छन् ।

घोषणा सभामा प्रमुख अतिथि राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले मिडिया नेपाल पत्रकारहरुको संगठन भएकाले देश र समाजको पक्षमा कलम चलाउन नवगठित कमिटीलाई सुझाव दिए । सभाका अध्यक्षता गरेका मिडिया नेपालका केन्द्रिय अध्यक्ष गोपाल पौड्यालले पत्रकारिता समाजको ऐना भएकाले जिम्मेवार पत्रकारिता गर्नुपर्नेमा जोड दिए । ‘आस्था र विचारसँग नजिक भइन्छ, तर समाचारमा त्यो कुरा देखिनुहुन्न । देश र जनताको पक्षमा हुनुपर्छ हाम्रो लेखाइ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस !