७ बैशाख २०८१, शुक्रबार

भारतद्वारा प्रकाशित नक्सा सच्याउने पहल गर्न सरकारसँग माग

प्रकाशित मिति :  13 November, 2019 3:49 am


काठमाण्डाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतद्वारा हालै प्रकाशित राजनैतिक नक्सामा भएको गल्ती सच्याएर नेपालको भूभागको संरक्षण गर्नका लागि तुरून्त कूटनैतिक पहल गर्न सरकारसँग माग गरेको छ ।

अध्यक्ष कमल थापाको निवास बूढानीलकण्ठमा बुधबार बसेको राप्रपाको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।

‘सुगौली सन्धिबाट कायम रहेको काली नदीपूर्वको नेपालको भूभागसमेत समेटेर हालै भारतले एकतर्फीरूपमा राजनैतिक नक्सा प्रकाशित गरिएको र सोबाट यसअघि नेपाल र भारत सरकारबीच सीमा विवाद समाधानका सम्बन्धमा गठन गरिएको सचिवस्तरीय संयन्त्र समेतलाई अवमूल्यन हुन गई नेपाल–भारतबीचको सम्बन्धमा संशय पैदा हुन गएको विषयलाई राप्रपाले अत्यन्त गम्भीरतापूर्वक लिएको छ’, सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी वक्तव्यमा भनिएको छ। यस्तो स्थिति दुवै देशको हितमा नहुने राप्रपाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !