१४ बैशाख २०८१, शुक्रबार

उपराष्ट्रपति पुन र बंगलादेशका राष्ट्रपति हमिदबीच भेटवार्ता(फाेटाे फिचर)

प्रकाशित मिति :  13 November, 2019 6:40 am


काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शिष्टाचार भेट गरेका छन् ।नेपालको चार दिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति हमिदसँग उपराष्ट्रपति पुनले बुधबार दिउँसो शिष्टाचार भेट गरेका हुन् । नागपोखरीस्थित होटेल मेरियटमा करिब आधा घण्टा भएको भेटमा दुई पक्षीय आपसी सम्बन्ध, सहयोग र सहकार्यका विविध आयममा छलफल भएका छन् ।
भेटमा बंगलादेशका राष्ट्रपति हमिदले नेपालको भ्रमण गर्न पाउँदा अत्यन्त हर्षित रहेको बताए । सन् २०७१ मा बंगलादेश स्वतन्त्र भएपछि बंगलादेशलाई राष्ट्रको मान्यता दिने नेपाल सातौँ राष्ट्र भएको स्मरण गर्दै हमिदले नेपाललाई धन्यवाद दिए ।

फाेटाे:उपराष्ट्रपतिकाे सचिवालय



प्रतिक्रिया दिनुहोस !