१२ चैत्र २०८१, बुधबार

एमाले महासचिवसँग रुसी कुटनैतिक अधिकारीको भेट

प्रकाशित मिति :  17 February, 2025 10:33 pm


काठमाडौँ । विश्व राजनीतिमा हलचल आए सँगै रसियन कुटनैतिक अधिकारीले भेटवार्तालाई तिब्रता दिएका छन् ।

यसैबीच नेकपा एमालेका महासचिव शंकर पोखरेललाई नेपालस्थित रुसी दूतावासका डिसीएम, मिनिस्टर-काउन्सिलर आन्द्रे किसेलेन्कोले भेटवार्ता गरेका छन्।  भेटवार्ताको क्रममा  द्विपक्षीय सम्बन्धको विकासका समसामयिक मुद्दाहरूमा छलफल भएको बताइएको छ।

दुतावासका प्रतिनिधिले महासचिव पोखरेलसँग विश्व राजनीति र रुसका प्राथमिक एजेन्डा बारे पनि छलफल गरेको बुझिएको छ । भेट पछि दुतावासले विज्ञप्ति जारि गर्दै द्विपक्षीय  संवादले एकअर्काको अडान र सम्भावित सहयोगका क्षेत्रहरूको पहिचान गर्न समान बुझाई भएको उल्लेख गरेको छ । नेपाल र रुस बीचको सम्बन्ध औपचारिकतामा मात्र रहेको बेला यो भेटलाई महत्वको साथ हेरिएको छ। 

नेपाली युवालाई अवैध रुपमा रुस लगेर सेनामा भर्ति गरेको र युद्धमा होमेको विषयमा रुसले अहिले सम्म मुख खोलेको छैन ।

यो काम मानव तस्करले गरेको भनिए पनि औपचारिक रुपमा रुसाले केहि बताएको छैन। रुस युक्रेन युद्धमा २० जना भन्दा बढी नेपाली युवाको ज्यान गइसकेको छ।



प्रतिक्रिया दिनुहोस !