३ चैत्र २०८१, सोमबार

आई.एम.एस क्याम्पसमा हल्ट प्राइज सेमिफाइनल सम्पन्न, पाँच टोली फाइनलमा प्रवेश

प्रकाशित मिति :  19 February, 2025 12:54 pm


काठमाडौँ । आई.एम.एस क्याम्पसमा २०२४/२५ हल्ट प्राइजको सेमिफाइनल सम्पन्न भएको छ। उक्त प्रतिस्पर्धामा कुल नौ समूहले आफ्ना नवीनतम व्यवसायिक अवधारणाहरू प्रस्तुत गरेका थिए, जसबाट पाँच टोली-इको भाइब, लक, नेक्स्ट इन, नेपाल यात्रा, र तुफान-फाइनल चरणका लागि छनोट भएका छन्।

प्रतिस्पर्धामा निर्णायकको भूमिकामा बिकेश अधिकारी, सरोज उपाध्याय, र अमित प्रधान रहेका थिए। निर्णायकहरूले सहभागी टोलीहरूका प्रस्तुतीकरणको मुल्यांकन गर्दै, उनीहरूका आइडियालाई थप प्रभावकारी बनाउन विभिन्न सुझाव प्रदान गरेका थिए । दिगो विकास लक्ष्य अनुरूप तयार पारिएका नवीनतम व्यावसायिक अवधारणाले निर्णायकहरूको ध्यान आकर्षित गरेको थियो।

त्यसै दिन, आई.एम.एस हल्ट प्राइजद्वारा ‘एथर स्कूटर टेस्ट ड्राइभिङ कार्यक्रम’ समेत सम्पन्न भएकाे छ। कार्यक्रमलाई मिथिला थिङ्स, आरस्क फुड, सन सेक्युरिटिज, एथर, ज्योती विकास बैंक, समाज डेन्टल, द पिएम नुडल्स, एनएमबी बैंक, एड्भान्स सरस्वती, अरबान मेज, रियल बर्स्ट, ग्लोबल टेलरिङ, लाभा लन्ज एण्ड बार, के टिएम, क्रिएटिभ लिंक, प्रोसर नेपाल, र आइडिया प्रेन्योर नेपालले प्रायोजन गरेका थिए। फाइनलमा छनोट भएका टोलीहरूले अझ राम्रो तयारीसहित प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !