१० चैत्र २०८१, सोमबार

रोल्पाको माडीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिति :  19 February, 2025 1:32 pm


दाङ । रोल्पाको माडी गाउँपालिकामा मंगलबार राति भएको टिपर दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–५ निवासी ३६ वर्षिय जिते कुमार रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ना ८ ख ७२७६ नम्बरको टिप्पर माडी गाउँपालिका–४ टुपबोटबाट बालुवा लिएर घर्तीगाउँ हुँदै ब्याङखोला जाँदै गर्दा दुर्घटनामा परेको हो । सहिदमार्ग सडक खण्डबाट करिब १०० मिटर तल खसेको उक्त टिप्परमा चालक मात्रै रहेका थिए ।

इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देव सिंह भण्डारीका अनुसार चालक जिते कुमारको शव सडकबाट करिब ७० मिटर तल फेला परेको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !