आई.एम.एस क्याम्पसमा हल्ट प्राइज फाइनल, ‘नेक्स्ट इन’ले जित्यो प्रथम पुरस्कार

काठमाडौँ । आई.एम.एस क्याम्पसमा हल्ट प्राइज २०२४\’२५ को फाइनल सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिहरूको रूपमा प्रोफेसर डा.बालकृष्ण श्रेष्ठ, आई.एम.एस क्याम्पसका डाइरेक्टर सरोज उपाध्याय, कार्यकारी डाइरेक्टर रोशन भट्टराई लगायत अन्य प्रमुख व्यक्तिहरूको उपस्थिति थियो। निर्णायकको रूपमा ब्रान्ड लजिकका क्रिएटिभ डाइरेक्टर सुरभ श्रेष्ठ, एसएमई ग्रोथका विशेषज्ञ सौजन्य तिमिल्सेना लगायतका प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए।
फाइनलमा सेमिफाइनलबाट छनोट भएका ५ टोलीहरूले आफ्नो नवीनतम आइडिया प्रस्तुत गरेका थिए । बिजेता टोली ‘नेक्स्ट इन’ (निसान बराली, कृष्ण कुमार यादव, निर्जला त्वायना) ले प्रथम पुरस्कार जित्न सफल भए भने ‘लकु’ (पूजा बिष्ट, अनुसा धौबन्जर, सलिना पराजुली) ले दोस्रो र ‘इको भाइबु’ (रसिस म्याबो, गौरव बरतौला, अभिषेक न्यौपाने) ले तेस्रो स्थान प्राप्त गरेका थिए।
यसको अतिरिक्त, विभिन्न श्रेणी पुरस्कारहरू पनि प्रदान गरिए। ‘नेक्स्ट इनु’ टोलीले सर्वोत्तम प्रस्तुतिकरण पुरस्कार, ‘सोसियल मिडिया इन्गेजमेन्ट’ पुरस्कार जितेन राईले, र ‘तत्काल प्रयोगमा आउने आइडिया’ पुरस्कार ‘लकु’ टोलीले, र ‘सर्वोत्तम डिजिटल प्रस्तुति’ पुरस्कार ‘नेपाल यात्रा’ टोलीले जिते।
कार्यक्रमको समापनमा बिजनेस डेभलपमेन्ट कोअर्डिनेटर आर्यन महर्जनले धन्यवाद ज्ञापन गरेका थिए । यस कार्यक्रमले आई.एम.एस क्याम्पसका विद्यार्थीहरूमा उद्यमशीलताको भावना जागरूक गर्दै समाज र विश्वमा सकारात्मक परिवर्तन ल्याउने प्रवृत्तिको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ।
कार्यक्रमका टाइटल स्पोन्सर ब्रान्ड लजिक, बैंकिङ पार्टनर ज्योति विकास बैंक, ट्रेडिङ पार्टनर सन सेक्युरिटिज, र अन्य विभिन्न पार्टनरहरूको सहयोग रहेको थियो।