विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर बन्नसक्ने सीपसहितको शिक्षा दिनुपर्छः सुनिता डंगोल

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालय तहका विद्यार्थीलाई भविष्यमा आर्थिक उपार्जन गर्नसक्ने शिक्षा दिनुपर्ने बताएकी छन् ।
शुक्रवारदेखि काठमाडौँमा सुरू भएको काठमाडौँ शैक्षिक मेलालाई सम्बोधन गर्दै उनले विद्यार्थीलाई कितावको ज्ञानका साथै भविष्यमा जीविकोपार्जन गर्नसक्ने सीप सिकाउनु पर्ने बताएकी हुन् । उनले महानगरले सुरू गरेको कार्यक्रमबाट सबै सीप र व्यवसायको सम्मान गर्नुपर्ने कुरा विद्यार्थीले बुझेको बताइन् । हरेक विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर बन्नसक्ने गरी सिपसहितको शिक्षा प्रदान गर्नुपर्ने उनको भनाइ छ ।
“गरी खाने शिक्षा, महानगरको इच्छा । यस्तो शिक्षा हुनुपर्छ जस्ले गर्दा विद्यार्थीहरु भोलि आफैँले कमाइ खान सक्ने खालको गरी खानसक्ने शिक्षा हुनुपर्छ भनेर स्कुलमा हामीले स्कुलमा ‘स्किल एन एजुकेशन’को थालनी ग¥यौँ । किताबी ज्ञानले मात्र अपुग छ, किताबी ज्ञान सँगसँगै जीवन उपयोगी सीपहरु पनि चाहिन्छ भन्ने कुरा अहिले हामीले बोलिरहनु भन्दा पनि अघि देखी सकेको छ ,”उनले भनिन् ।
उप प्रमुख डंगोलले अभिभावकले विद्यार्थीले सिकेका सीपको प्रशंसा गरेर थप सिक्न आत्मविश्वास जगाइ दिनुपर्ने बताइन् । विद्यार्थीले आफूले सीप सिकेर अरु दश जनालाई सीप सिक्न पे्ररित गर्नुपर्नेमा उनले जाेड दिइन् । काठमाडौँ शैक्षिक मेला शनिवारसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।