ब्राजिलियन डीजे एलोक एलओडीमा प्रस्तुति दिन काठमाडौँ आउँदै

काठमाडौँ। विश्वप्रसिद्ध ब्राजिलियन डीजे एलोकले ठमेलस्थित एलओडी क्लबमा सांगीतिक प्रस्तुति दिने भएका छन्। क्लबका निर्देशक भुपेन कुँवरका अनुसार एलोकले आगामी शुक्रबार, मार्च ७ मा आफ्नो विशेष प्रस्तुति दिने तय भएको छ।
एलोक विश्वकै उत्कृष्ट डिजेहरूमध्ये चौथो स्थानमा रहेका कलाकार हुन्। उनी विश्वभरका शीर्ष १०० डिजेहरूमध्ये निरन्तर उच्च स्थानमा रहँदै आएका छन्।
एलओडी क्लबले उक्त कार्यक्रमका लागि टिकट मूल्य २ हजार र ३ हजार रुपैयाँ निर्धारण गरेको छ। क्लबका निर्देशक कुँवरका अनुसार दर्शकहरूले खल्ती एपमार्फत टिकट खरिद गर्न सक्नेछन्। साधारण डान्स फ्लोरका लागि २ हजार रुपैयाँ र भीआईपी टिकटका लागि ३ हजार रुपैयाँ तोकिएको छ। क्लबले अर्ली अग्रिम टिकट बिक्री गरिसकेको छ भने सोही दिन विभिन्न प्याकेजमा टेबल बिक्री गर्ने योजनासमेत बनाएको छ। टेबल प्याकेजको मूल्य ३० हजारदेखि डेढ लाख रुपैयाँसम्म तोकिएको छ।
यसअघि एलओडी क्लबमा बलिउडका चर्चित कलाकारहरू नेहा कक्कर, अर्मान मल्लिक, तथा इण्डियन आइडल विजेता पवनदीप राजनले आफ्नो प्रस्तुति दिइसकेका छन्। साथै, टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, र ज्योतिका टंगारीजस्ता कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिएका थिए।
एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट नाइट क्लबहरूमध्ये स्थान बनाउँदै आएको छ। युकेस्थित डिजे म्यागले २०२४ का लागि सार्वजनिक गरेको उत्कृष्ट १०० क्लबहरूको सूचीमा एलओडी क्लब ५०औँ स्थानमा परेको छ। क्लब २०२५ का लागि नोमिनेसनमा समेत परिसकेको छ।