३ चैत्र २०८१, सोमबार

माओवादी केन्द्र स्याङ्जाको सचिवमा कोइराला सर्वसम्मत निर्वाचित

प्रकाशित मिति :  4 March, 2025 11:55 am


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) स्याङ्जाको छैटौं पूर्ण बैठकले मीन प्रसाद कोइरालालाई सर्वसम्मत सचिव पदमा चयन गरेको छ। कोइराला वि.सं २०४६ सालदेखि नेपालको राजनीतिमा सक्रिय रहँदै आएका छन्। उनले वि.सं २०४६ सालमा दहथुम माओवादीमा अध्यक्षको रूपमा आफ्नो राजनीतिक यात्रा सुरू गरेका थिए।

त्यसपछि वि.सं २०४९ सालमा अखिल भारत नेपाली एकता समाज ओखला एरिया कमिटिको सचिवको रूपमा कार्य गरेका कोइराला वि.सं २०५२ सालमा दिल्ली राज्य समितिको सदस्य पनि थिए।

वि.सं २०५६ सम्म अखिल भारत नेपाली एकता मञ्चसँग काम गरेका कोइराला वि.सं २०५७ सालदेखि माओवादी जनयुद्धमा भूमिगत भएर सक्रिय राजनीतिक जीवनमा संलग्न भएका थिए। त्यस्तै २०६२\६३ को जनआन्दोलन र शान्ति सम्झौतापछि उनले सार्वजनिक जीवनमा फर्केका थिए ।

आजको दिनमा कोइराला युवा कृषि उद्यमीका रूपमा परिचित छन् र स्याङ्जा जिल्ला सहकारी संघको सचिवको रूपमा काम गर्दैछन्। साथै, उनले कालिका मावि झापाकोटको अध्यक्षको रूपमा कुसल नेतृत्व पनि प्रदान गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस !