१० चैत्र २०८१, सोमबार

युवा लक्षित ‘एक्स्प्लोर’ कार्यक्रम सुरू, युवाहरूको सीप विकासमा ध्यान

प्रकाशित मिति :  11 March, 2025 12:48 pm


काठमाडौँ । युवाहरूको क्षमता विकास र प्रविधिमा दक्षता बढाउने उद्देश्यका साथ पोस्टमले ‘एक्स्प्लोर’ कार्यक्रम सुरु गरेको छ। यो कार्यक्रमले युवाहरूलाई रुचाएका प्रविधिसँगै व्यावसायिक वृद्धि विकासमा सहजीकरण गर्ने उद्देश्य राखेको छ।

पोस्टम व्यावसायिक सफ्टवेयर विकासमा केन्द्रित कम्पनी हो, जसले मोबाइल एप, वेबसाइट विकास, डिजिटल मार्केटिङ, डेटा विश्लेषण, साइबर सुरक्षा जस्ता सेवाहरू प्रदान गर्दछ। ‘एक्स्प्लोर’ कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले भिडियो, फोटो, ग्राफिक्सलगायतका सामग्रीहरू विकास गर्न सक्ने कार्यक्रम प्रबन्धक अष्ट डिमडुङले जानकारी दिए। उनले भने, “यसले मल्टिमिडिया सीपलाई प्राथमिकता दिनेछ र विद्यार्थीहरूले गुणस्तर तथा संलग्नता मेट्रिक्सको आधारमा काम गर्नेछन्।”

पोस्टमका संस्थापक रोनिश दाहालका अनुसार कार्यक्रमले व्यावसायिक मार्केटिङ, सञ्चार र अनुसन्धानका माध्यमबाट विद्यार्थीहरूलाई डिजिटल प्रवृत्तिसँग परिचित गराउने छ। उनले भने, “यसले व्यावसायिक मार्केटिङ, सञ्चार र कथा कथन सीपको विकासमा सहयोग गर्नेछ।”

दुई महिना लामो रहने यस कार्यक्रममा रोहित खत्री, अनिसा दाहाल र रोश्नी शाहको उपस्थिति रहेको छ। आयोजकहरूका अनुसार ‘एक्स्प्लोर’ कार्यक्रमले विद्यार्थीहरूको सीप अभिवृद्धि गर्दै उनीहरूलाई डिजिटल क्षेत्रमा प्रतिस्पर्धी बनाउन मद्दत गर्ने विश्वास लिइएको छ।



प्रतिक्रिया दिनुहोस !