रोल्पामा शहीद परिवारबाट अविरमाला लगाएर उम्मेदवार वलीले सुरु गरे चुनावी प्रचार
प्रकाशित मिति : 22 January, 2026 6:25 pm
रोल्पा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवार चुडामणि वली ‘आदर्श’ले शहीद परिवारबाट अविरमाला लगाएर चुनावी प्रचार सुरु गरेका छन् ।
प्रतिनिधि सभा निर्वाचनमा रोल्पाबाट उम्मेदवारी दिएका वलीले नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पुर्वअर्थमन्त्री वर्षमान पुनको गाउँ माडीचौर पुगेर चुनावी अभियानको सुरु गरेका छन् ।

विहिबार साझ तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको जनयुद्धकी शहीद सहनशिलाको घर माडीचौर पुगेर वलीले शहनशिलाका बुबा÷आमाबाट अविर माला लगाएर चुनावी अभियानको सुरु गरेका हुन् ।









