२८ आश्विन २०८३, बुधबार

लक्ष्मी सनराइज बैंकको सिइओमा सुमेद भट्टराई नियुक्त

प्रकाशित मिति :  14 October, 2026 12:40 pm


काठमाडौँ। लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्। बैंकको सञ्चालक समिति बैठकले उनलाई आगामी ४ वर्षका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

हाल बैंककै सिनियर डेपुटी सिइओ र चिफ क्रेडिट अफिसरको रुपमा कार्यरत भट्टराईको कार्यकाल आगामी कात्तिक १५ गतेदेखि औपचारिक रूपमा लागू हुने बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !