सुनचाँदीको मूल्य घट्यो
प्रकाशित मिति : 14 October, 2026 12:42 pm
काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार ७०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९२ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ८९ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १०० रूपैयाँले घटेर ४ हजार २५५ रूपैयाँमा कारोबार भइरहेको छ ।








