२४ बैशाख २०८१, सोमबार

लकडाउनमा किस्ता असुलेको भन्दै विप्लव नेकपाले बैंक कार्यालयमा बम राख्यो

प्रकाशित मिति :  16 July, 2020 11:18 am


सल्यान, साउन १ । लकडाउनमा किस्ता असुली गरेको भन्दै सल्यानमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयको सटरमा बम राखेको छ ।

बागचौर नगरपालिकाको बागचौर बजारमा रहेको बैंकको शाखा कार्यालयको सटरमा गएराती बाल्टिन बम भेटिएको प्रहरीले बताएको छ । नेकपाको जनपरिषद सल्यानको नाममा कार्यालय बाहिर बम राखेको र बमसंगै राखेको पर्चा भेटिएको छ ।

पर्चामा कोरोना महामारीको समयमा समेत किसानहरुसंग ऋण असुली गरेको, लकडाउनको समयमा किसानहरुलाइ ऋण तिर्न बाध्य पारेको लगायतका आरोप लगाईएको छ । यसअघि पनि नेकपाले लकडाउनमा किस्ता नउठाउन र अवज्ञा गरे कारवाही गर्ने चेतावनी दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !