१७ बैशाख २०८१, सोमबार

वाराणसीमा नेपाली युवाको शिर मुण्डन गरेका भिडियो भाइरल,घटनामा संलग्न एक जना पक्राउ

प्रकाशित मिति :  17 July, 2020 9:15 pm


काठमाडौं, साउन २ ।  

भारतको वाराणसीमा एक नेपाली युवकको शिर मुण्डन गर्ने कार्यमा संलग्न एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा भइरल भएपछि भारतको उत्तरप्रदेश प्रहरीले एक जनालाई पक्राउ गरेको जानकारी गराएको छ ।

वाराणसीका एसएसपी अमित पाठकले उक्त घटनाबारे प्रहरी चौकी भेलूपुरमा एफआरआई दर्ता गरेर घटनामा संलग्न भएको आरोपमा स्थानीय एक संगठनका सन्तोष पाण्डेलाई पक्राउ गरिएको जानकारी गराएको छ ।

घटनामा संलग्न अन्यको खोजी भईरहेको एसएसपी पाठकको भनाई छ । उक्त भिडियोमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गर्दै एक नेपाली भनिएका युवकको शिर मुण्डन गरेको देखिन्छ र पछि कपाल खौरेर श्री राम लेखिएको भिडियो र फोटो सामाजिक सञ्जालमा भईरल भएको छ ।

उक्त युवा नेपाली रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमा जन्मेका र वास्तविक अयोध्या नेपालमा रहेको अभिव्यक्ति दिएको विरोधमा उक्त कार्य भएको उल्लेख भएको छ । यद्यपी यसबारे स्वतन्त्र पुष्टि हुनसकेको छैन ।

भिडियोमा नेपालको विरोध र भारतको समर्थनमा नारा लगाउन बाध्य पारेजस्तो देखिन्छ ।

घटनाबारे जानकारी दिदै वाराणसीका एसएसपी अमित पाठक



प्रतिक्रिया दिनुहोस !