६ जेष्ठ २०८१, आइतबार

‘सोमबारे औंसी के बार पर्यो, काटेको बाख्रा के कालले मर्यो?, यस्तो छ सोमबारे औंसीको धार्मिक महत्व ????

प्रकाशित मिति :  20 July, 2020 6:17 am


काठमाडौं, साउन ५ ।

साउन सोमबारे औँशी। नुहाउने र दानपुण्य गर्ने दिनको रुपमा यो औसीलाई विशेष दिनका रुपमा लिने गरिन्छ।

हिन्दू संस्कृतिमा साउन महिनाभर नै शिवको आराधना गरिन्छ। सोमबार त झन् शिवको विशेष दिन, त्यसमाथि सोमबारे औँशी परेको दिन भएकाले बिहानै नुहाइधुवाइ, पूजाआजा गरेर ब्रत बस्ने चलन रहिआएको छ।

गाउँघरमा ‘सोमबारे औँसी के बार पर्यो, काटेको बाख्रो के कालले मर्यो’ भन्ने उखान पनि प्रचलित छ। विशेष दिनको चर्चा गर्न र समझनका लागि पनि यस्तो भनाई प्रचलनमा ल्याइएको हुन सक्छ। प्रचलित फरक फरक भए पनि यसको धार्मिक महत्व भने उँचो छ।

सोमवार र औंशी मात्रको संयोग भने कहिलेकाहि मात्र हुने गर्दछ। वर्षभरि एकचोटी या दुइचोटीसम्म सोमबारे औंसी पर्दछ। हिन्दु शास्त्र अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भनाइ चलि आएको छ।

आजको दिनमा स्नानको लागि मात्र विभिन्न तिर्थस्टलमा टाढा टाढाबाट भक्तजनहरु धाउने गर्दछन् ‌। हिन्दु धर्मावलम्बीका लागि आजको दिन अर्थात् सोमबारे औंसीको दिनको तिथि प्राप्त गर्न ठुलो संयोग वा भाग्यको विषय हो।  महाभारतका पात्रहरुले पनि आफ्नो जीवनकालमा आजको दिन अर्थात सोमबारे औंसी प्राप्त गर्न नसकेको भनाइ छ।

वर्षमा एक वा दुई पटक मात्र सोमबारको दिन औंसी तिथि पर्ने गरेको छ। पौराणिक कालमा सोमबारे औंसी अत्यंत कम पर्दथ्यो तर सुस्तरि कलियुग की शुरुवात संगै धर्तिमा सोमबारे औंसी का तिथिहरु बढ्दो पर्न थाल्यो । कलीयूगमा भक्तजनलाई मोक्ष अनि धर्मका लागि अधिक अवसर दिने हेतुले चन्द्रमानमा धेरै यस्ता औंशीहरु परेको बताइन्छ ।

सोमबार चन्द्रमा के दिन हो। चन्द्रमा मनको प्रतिक र सूर्य मस्तिष्कको प्रतिक पनि हो। सोमवारी शिवजी को दिन पनि मानिन्छ र आजको दिन भगवान शिवको समर्पित छ।

अनि तपाइले बिहानै उठेर नुहाउनु भयो त? ननुहाएको भए अब नुहाउनुहोस्। दान पुण्य गर्नुहोस्। सेवा गर्न त कुनै वार कुर्नै पर्दैन। कमाएर थुपारेको धन मर्दा सँगै लान मिल्दैन।

आजको दिनमा कोरोना लाखौं मानिसको ज्यान लिइसकेको छ। मृतात्माको चीर शान्तिको कामना । स्वर्गवास् भएका कति अरबपति थिए होलान्। कतिले दानपुण्य नै गर्न पाएनन् होलान्। युगले सेवा गर्ने सन्देो दिइरहेको छ। आज र आगामी दिनमा पनि सेवा गर्नुहोला। सोमबारे औँशीकै नुहाउन छु्ट्या भए अर्को औंसीको दिन कुरौं तर सेवा सकेसम्म हरेक दिन गरौं।

  1. शुभ सोमबार। ????



प्रतिक्रिया दिनुहोस !