८ बैशाख २०८१, शनिबार

यूएईद्धारा मंगल ग्रहका लागि ऐतिहासिक अन्तरिक्ष अभियान सुरु,जापानबाट उपग्रह प्रक्षेपण

प्रकाशित मिति :  20 July, 2020 7:56 am


काठमाडौं, साउन ५ ।

संयुक्त अरब इमिरेट(यूएई) ले मंगल ग्रहका लागि ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ । यस अभियानका लागि यूएईले जापानबाट उपग्रह प्रक्षेपण गरेको छ ।

‘होप’ नामक उपग्रहलाई टनेगशिमा अन्तरिक्ष केन्द्रबाट एच २-ए नामक रोकेटको माध्यमबाट पठाइएको छ । अब यसले ५० करोड किलोमिटरको दुरी पार गरेर मंगल ग्रहको मौसम र जलवायुबारेको अध्ययन गर्ने छ ।

यसअघि यो अभियान खराब मौसमको कारण दुई पटक स्थगित भएको थियो ।

यस उपग्रह २०२१ फेब्रुअरीसम्म मंगल ग्रहमा पुग्ने अनुमान गरिएको छ । यो मितिलाई निकै महत्वपूर्णका साथ हेरिएको छ किनकी उक्त मिति यूएई गठनको ५० औैं वर्षगाँठपनि हो ।

यूएईको यो अन्तरिक्ष अभियान यस महिना शुरु भएको मंगलग्रह सम्बन्धित अभियानमध्य एक हो ।

यूएई मंगल ग्रहमा किन जाँदैछ ?

यूएईसँग अन्तरिक्ष यानको उत्पादन र डिजाईनको अनुभव एकदम थोरै छ। यसको बाबजुद यूएईले यस्तो कोशिस गरिरहेको छ जुन हालसम्म संयुक्त राज्य अमेरिका, रसिया, युरोप र भारतले मात्र गर्न सकेका छन्।

तर यसले युएईको महत्वाकांक्षा हेर्दा यो चुनौतीको लागि तयार छ भन्ने देखिन्छ ।

अमेरिकी विशेषज्ञहरूको सुपरिवेक्षणमा यूएईका इञ्जिनियरहरूले छ बर्ष कडा परिश्रमपछि उक्त परिष्कृत उपग्रह तयार गरेका थिए ।
जब यो उपग्रह मंगल ग्रहमा पुगेपछि यसले विज्ञानको बारेमा नयाँ जानकारी, मंगल ग्रहको वातावरणको बारेमा पछिल्लो जानकारी उपलब्ध गराउने आशा गरिएको छ ।

विशेष गरी वैज्ञानिकहरूले यो अभियानबाट मंगलग्रहमा हावा र पानी दुबै किन नष्ट भयो भन्ने कुराको जानकारी प्राप्त गर्ने अपेक्षा गरेका छन् । होप अभियानलाई अबर जगतमा प्रेरणाको एउटा ठूलो स्रोतको रुपमा हेरिएको छ ।

यो अभियानले यूएई र अरब विश्वका बच्चाहरुको विज्ञानप्रति रुचि बढाउने अपेक्षा समेत गरिएको छ । यूएई सरकार भविष्यमा देशको अर्थतन्त्र तेल र ग्यासबाट निर्भरतालाई ज्ञानमा आधारित अर्थतन्त्रमा बदल्न चाहन्छ।

तर सामान्यतया यो अभियानको जोखिम पनि उत्तिकै छ किन भने जब यो रातो ग्रहमा पठाईएकाका सबै मिसनहरुमध्य आधा असफल भएका छन् । तर होप मिसनका प्रोजेक्ट निर्देशक ओमरान शराफले यस खतराबारे आफूहरु सचेत रहेको र आफ्नो देशलाई सही दिशामा लैजान खोजिरहेको बीबीसीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !