१२ बैशाख २०८१, बुधबार

कोभिड १९ का कारण ‘औद्योगिक डिजिटलाइजेसन’मा तिब्रता, सहयोगी बन्दै ह्वावेको हाइब्रिड क्लाउड

प्रकाशित मिति :  8 August, 2020 9:25 am


काठमाडौं, २४ साउन ।

कोभिड १९ का कारण विश्व अर्थतन्त्र ठप्पप्रायः भइरँदा अर्थतन्त्रको डिजिटलाइजेसनमा भने तिब्रता आएको छ । हरेक औद्योगिक गतिविधिमा आधुनिक प्रविधिको प्रयोगले कोरोना पछिको अर्थतन्त्र सुधारमा समेत तिब्रता ल्याउन सक्ने विज्ञहरुको प्रक्षेपण छ ।

चिनिया प्रविधि कम्पनी ह्वावेले आयोजना गरेको एसिया प्यासिफिक इन्टरप्राइजेज शिखर सम्मेलनमा विज्ञहरुले कोरोना महामारीबीच आधुनिक प्रविधिका बारेमा विस्तृतमा चर्चा गरेका छन् । अनलाइन शिखर सम्मेलनमा विज्ञहरु कोरोनापछिको समयलाई अवसरका रुपमा प्रयोग गर्न प्रविधि क्षेत्रको मूमिकामा केन्द्रीत भए ।

शिखर सम्मेलनमा ईन्टरनेशनल डाटा कोर्पोरेसन (आईडीसी) का ग्रुप उपाध्यक्ष सान्ड्रा एनजीले भने, ‘संंस्थाहरूले उनीहरूको रिकभरी यात्रालाई तीव्र गर्दै गर्दा र अबको नयाँ जनजीवनमा प्रतिस्पर्धा गर्न आफू तयार हुँदै गर्दा महत्वपूर्ण पूर्वाधार जस्तै डिजिटल÷आईटी र नेटवर्क इन्फ्रास्ट्रक्चरलाई मुख्य कार्यकारी अधिकृतको नयाँ बिजनेस एजेन्डा आइटम मध्य एकको रूपमा उजागर गरेको छ ।’

उनले यस क्षेत्रका कम्पनीहरूको शिर्ष ब्यबस्थापनका लागि नयाँ बिजनेस एजेन्डा पनि ल्याउनुभयो्, जसमा भरपर्दो आईटी पूर्वाधार, ग्राहक अनुभवमा पुनर्मूल्यांकन र नयाँ टेक्नोलोजीहरू र इन्टेलिजेन्ससँग काम गर्ने क्षमताको निर्माण गर्न आवश्यकता पर्नेमा जोड दिए । महामारीको प्रकोपले उद्यमहरूको क्लाउड रुपान्तरणलाई तिब्र पारको र ह्वावेले हाइब्रिड प्रवद्र्धनमा सक्रिय रहेको जनाइएको छ ।

‘ह्वावे क्लाउडको फुल स्ट्याक एआइ सोलुसनलाई प्रत्येक उद्योगमा ठूलो मात्रामा एआइ कार्यान्वयनको गतिलाई मुल उत्पादन प्रणालीहरूमा लागू गरिएको छ,’ ह्वावे क्लाउड र एआइ बिजनेस ग्रुपका चीफ मार्केटिंग अफिसर एडवर्ड डेंगले भने, ‘सोलुसनले ठूला उद्यमहरूको क्लाउड रुपान्तरणको लागि उत्तम मार्ग प्रदान गर्दछ ।’

डेङ्गले डिजिटल रूपान्तरणले फाइजी, क्लाउन र एआइ प्रविधिको नेतृत्व गर्ने र मौलिक कनेक्टिभिटीको साथ नयाँ प्रबिधिको र एआइद्वारा संचालित एप्लिकेसनहरूको विकास अन्ततः प्राविधिक प्रगतिको असाधारण क्षेत्रतर्फ लम्किने छ विश्वास व्यक्त गरेका छन् । ‘हाम्रा साझेदारहरूसँग मिलेर ह्वावे क्लाउडका साझा सफलताको लागि एक मजबूत इकोसिस्टम निर्माण गर्न प्रतिबद्ध छ,’ उनले भने ।

आईडीसी वर्ल्डवाइड सेमिअन्युअल डिजिटल ट्रान्सफोर्मेसन स्पेन्डिङ गाइड” अनुसार, २०१९ मा, एसिया प्यासिफिक क्षेत्रमा मात्रै व्यापारिक अभ्यास, उत्पादन र संगठनहरूको डिजिटल रूपान्तरण प्रवर्धन गर्ने उद्देश्यका लागि प्रविधि र सेवामा कुल ३.८ खर्ब अमेरिकी डलर खर्च भएको तथ्यांक छ । यो अनुमान गरिएको छ कि २०२२ सम्ममा १७.४ प्रतिशत वार्षिक बृद्धि भई लगानी बढ्ने अनुमान छ ।



प्रतिक्रिया दिनुहोस !