१५ बैशाख २०८१, शनिबार

कोरोनाले भारतको ग्रामिण क्षेत्रमा विध्वंस गर्न सक्ने चिन्ता, ६० करोड मानिस जोखिममा

प्रकाशित मिति :  17 August, 2020 9:48 am


काठमाडौं, १ भदौ ।

कोरोना भाइरसले भारतको ग्रामिण क्षेत्रमा विध्वंस मच्चाउन सक्ने खतरा बढेको भन्दै स्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन् । भारतमा ६० करोड भन्दा धेरै जनसंख्या भारतको ग्रामिण क्षेत्रमा रहेको छ ।

भारतमा कोरोना संक्रमण बढ्दै जान थालेपछि ग्रामिण क्षेत्रमा रहेका झण्डै ६० करोड मानिसमा धेरैजसो विना परीक्षण तथा उपचार विनै कोरोनाको सिकार बन्न सक्ने चिन्ता बढेको छ ।

भारतको राष्ट्रिय परिवार सर्वेक्षण- ४ को तथ्याङक अनुसार ग्रामिण क्षेत्रमा रहने २५ प्रतिशत मात्रै सार्वजनिक स्वास्थ्य सेवाको पहुँचमा छन् ।
भारतमा ७० प्रतिशत जेष्ठ नागरिक  ग्रामिण क्षेत्रमा रहेका र उनीहरुको विषयमा चिन्ता बढ्दै गएको  छ ।

स्वास्थ्य सेवासम्म पहुँच नहुँद ग्रामिण क्षेत्रका नागरिकले गम्भीर रोगको पनि राम्रोसँग उपचार गराउन पाउँदैनन् । भारतका वरिष्ठ महामारी विशेषज्ञ जयप्रकाश मुलीयिलले कम्तिमा भारतको कुल जनसंख्याको आधा जनसंख्यामा कोरोना संक्रमण फैलन सक्ने आँकलन गरेका छन् ।

उनले ‘द गार्डियन’ सँगको कुराकानीमा भनेका छन् कि भारतको ग्रामिण क्षेत्रमा पहिलेदेखि विभिन्न रोगका सिकार भएका व्यक्तिले कोरोना संक्रमणको उपचार गराउन पाउने छैनन् ।

उनले भनेका छन्,” यस समूह तथा जेष्ठ नागरिकहरुहरु कोरोना भाइरसको संक्रमणको चपेटामा पर्ने खतरा रहेको छ । सिमित स्रोतसधानका कारण पनि परिवारले घरका बृद्धबृद्धालाई तत्काल अस्पताल लिएर जाने छैनन् । उनीहरुलाई मर्नका लागि नै छोडिदिने छन । यो भारतको ग्रामिण क्षेत्रको यथार्तता हो जहाँ औसत आयु ६५ वर्ष छ ।”

मुलियलले भनेका छन् कि भारतका कतिपय जिल्ला १० हजार वर्ग किलोमिटरभन्दा ठूला छन् । मृत्यु अलग अलग क्षेत्रमा भइरहेन छन् । यस्तो मानवनीय त्रासदीको पुरा तस्बिर कहिल्यै बाहिर आउने छैन र आएपनि धेरै समय लाग्ने छ ।

सार्वजनिक स्वास्थ्य विशेषज्ञका अनुसार ग्रामिण भारतमा जुन तरिकाले महामारी फैलने छ त्यो शहरको चुनौति भन्दा नितान्त फरक हुने छ ।

शहरमा कोरोना भाइरसको संक्रमण तिब्र फैलिएपनि चिकित्सक तथा स्वास्थ्यकर्मी सँग स्वास्थ्य सामाग्री त कम्तिमा छ । भारतमा ८० प्रतिशत डाक्टर र ६० प्रतिशत अस्पताल शहरी क्षेत्रमा छन् ।

२० करोड भन्दा धेरै जनसंख्या भएको उत्तर प्रदेश तथा १० करोड भन्दा धेरै जनसंख्या भएको बिहारमा बढी संकट आउन सक्ने अनुमान छ जहाँ सार्वजनिक स्वास्थ्य सेवा कमजोर छ ।

भारतको सबैभन्दा गरिबी प्रान्तमध्य एक बिहारमा ३० प्रतिशत व्यक्ति गरिबीको रेखामुनी छन र ९० प्रतिशत जनता ग्रामिण क्षेत्रमा बसेका    छन् ।

सन् २०१९ को नेशनल हेल्थ प्रोफाइल डाटाका अनुसार बिहारमा हर दशहजार व्यक्ति बराबर १ बेड र चार डाक्टर उपलब्ध छन् । यहाँ जब भाइरस या डेंगू फैलन सुरु गर्छ तब सबै स्वास्थ्य सेवा अस्तव्यस्त बन्छ ।

उत्तर प्रदेश सरकारका अनुसार यस प्रदेशमा कोरोना संक्रमणका लागि १३५ अस्पताल छ । सरकारले ठूलो संख्यामा परीक्षण गराउने लक्ष्य राखेको छ तर अहिलेसम्म संक्रमणको पुरा चित्र कस्तो हुन्छ देखिएको छैन ।-बीबीसी



प्रतिक्रिया दिनुहोस !