३१ बैशाख २०८१, सोमबार

महामारीका बेला लड्नुपर्ने मनोवैज्ञानिक लडाइँ

प्रकाशित मिति :  7 September, 2020 12:02 pm


महामारीले सारा विश्व नै त्रसित भएको छ । महामारिलाई नियन्त्रण गर्न हाम्रो देश नेपालमा फेरी लकडाउन गरिएको छ। महामारी सामान्यतया पशुमा इन्फ्लूएन्जा भाइरसबाट उत्पन्न भइ प्रकृतिमा भाइरल हुन्छ जुन मानवमा फैलिन्छ (डब्ल्यू.एच.ओ, २०१०) । कोरोना महामारीसँग लड्न मानसिक स्वास्थ्यको महत्वपूर्ण भूमिका छ।

सबैभन्दा प्रसिद्ध महामारी ब्यूबोनिक प्लेग …ब्ल्याक डेथ (१३४६ ( १३५३), रसियन फ्लू (१८८९ -१८९० ), दोस्रो रसियन फ्लू महामारी (१ ९७७ – १९८७ ), स्पेनिश फ्लू (१९१८- १९२० ), एशियन फ्लू (१९५७ -१९५८ ) हंकंग फ्लू (१९६८ -१९६९ ), सार्स (२००३ ), स्वाइन फ्लू (२००९ -२०१०), इबोला प्रकोप (२०१४ -२०१५ ) र जिका भाइरस महामारी (२०१५- २०१६ ) र अब कोरोना भाइरस डिसेम्बर २०१९ (टी. स्टीवन , २०१९) देखि अहिलेसम्म छ।

महामारीको असर भन्दा ,मनोवैज्ञानिक असर धेरै हुन्छ, जुन बुबोनिक प्लेगबाट कोरोना भाइरस (कोविड -१९ ) को संक्रमणसम्म देखिएको छ ।

मानिसहरुले कसरी मनोसामाजिक समस्या लिन्छन् त्यसैले नै येसको असर बढी र लामो समयसम्म रहने कुरा निर्धारण गर्दछ । मानिसहरूको मनोवैज्ञानिक असर डरदेखि गहिरो मानसिक समस्यासम्म आउन सक्दछ ।

केही व्यक्तिले जोखिमलाई बेवास्ता गर्दछन् वा अस्वीकार गर्दछन् र सिफारिस गरिएको स्वास्थ्य व्यवहारहरूमा संलग्न हुन असफल देखिन्छन भने केहि व्यक्तिले धेरै चिन्ता वा डरको लक्षण देखाउदछन् । मध्यम स्तरको डर वा चिन्ताले व्यक्तिलाई स्वास्थ्य खतराको सामना गर्न उत्प्रेरित गर्न सक्छ, तर गम्भीर स्तरकोले धेरै गार्हो बनाउँदछ ।

२००९ मा स्वाइन फ्लूको महामारीले पहिलो चरणमा धेरै चिन्ता र डर ल्याएको थियो। काम गर्न नसक्नु , धेरै डर लाग्नु ,आत्तिनु , निद्राको समस्या , पाचन प्रणालीमा समस्या , धेरै रिस उठ्नु , मर्छु कि भन्ने विचार आउनु, मर्ने विचार आउनु , निराश हुनु ,उदाशीन हुनु यस्ता लक्षणको लागि उपचार आवश्यक पर्न सक्दछ ।

यस्ता लक्षण धनि र गरिब दुवै वर्गमा देखिन सक्छ त्यसैले यस्ता लक्षणप्रति सजग र सचेत हुन आवश्यक छ।  इम्यूनोलोजिकल मनोवैज्ञानिक असरले बिरामी व्यवहार देखिन्छ। बिरामी व्यवहार देखिनु ट्यूमर नेक्रोसिस फ्याक्टर-अल्फा, इन्टरल्यूकिन-६ र इन्टरल्यूकिन -१ बेटा जस्ता प्रो-इन्फ्लेमेन्टरी साइटोकिन्सको कारण हो।

बिरामी व्यवहार तब देखिन्छ जब जीवाणु र भाइरसबाट संक्रमित भइन्छ जसले गर्दा थकान, निद्रामा गडबडी, उदासीनता , चिड़चिड़ापन र हल्का संज्ञानात्मक कमजोरी जस्ता लक्षणहरू देखा पर्दछन् ।

महामारी सम्बन्धी तनावले रोगसंग लड्न सक्ने क्षमता घटाई दिन्छ जसले गर्दा मानिसहरूलाई संक्रमणको बढी जोखिम पर्दछ। नकारात्मक भावना र तनावपूर्ण जीवनका घटनाहरूले केही हदसम्म हाम्रो रोगसंग लड्न सक्ने क्षमता घटाई दिन्छ। (ट. स्टीवन, २०१९) हामीले फ्लूको व्यवस्थापनको इतिहासमा हेर्छौं त्यस बेलामा विभिन्न उपचारका बिधि मानिसहरूले प्रयोग गरेको पाइन्छ ।

मानिसहरूले लसुनको माला लगाउने , कार्बोलिक एसिड बाफ लिने , पाइन टार , र शलगम, भिनेगर, किम्ची वा मसलादार खानाहरू खाएको पाइन्छ । स्पेनी फ्लुको अवधिमा मानिसहरूले घाँटीमा कपासको माला बनाएर मालामा कपूर हालेर लगाउने गर्दथे ।

मानिसहरूले खचाखच भरिएको ठाउँमा पस्दा पुदिनाको रस लिने , मानिसहरूले दुखाइ कम गर्न पोल्टिस प्रयोग गर्थे।(ट. स्टीवन, २०१९)
महामारीको व्यवस्थापनका लागि मास्कको प्रयोग , सावुन पानीले हात धुने, एन्टिभाइरल औषधिहरू, स्वास्थ्यकर अभ्यासहरू र सामाजिक दूरी पर्दछन् ।

मनोवैज्ञानिक पक्षले यी विधिहरूले काम गर्ने वा नगर्ने भन्नेमा आवश्यक भूमिका खेल्दछ । मनोवैज्ञानिक पक्षमा सञ्चार माध्यमले महत्त्वपूर्ण भूमिका खेल्दछ र त्यस्ता कारकहरूले सन्देशहरूको प्रभाव निर्धारण गर्छन्। मनोवैज्ञानिक पक्षले पनि खोप, सर- सफाई र सामाजिक दूरीको पालना गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ। गैर पालन कुख्यात समस्या हो। संक्रमण व्यवस्थापनमा महामारीको मनोविज्ञानको गहन अध्ययन आवश्यक छ ।(ट. स्टीवन, २०१९)

महामारीमा मनोवैज्ञानिक प्रतिक्रियाहरूको फरक फरक असर देखिन्छ । यी विविध मनोवैज्ञानिक प्रतिक्रियाहरूको पछाडिका कारणहरू बुझ्नु महत्वपूर्ण छ कसरी मानिसहरूले राम्रो व्यवहारको अभ्यास गर्ने र नराम्रो र बेफेदा दिने व्यवहारबाट जोगिने भन्ने कुरा बुझ्नु आवश्यक छ।
अब हामीले माहामारीबाट बच्न वचाउन मानिसको मनोवैज्ञानिक पक्ष बुझ्नु धेरै आवश्यक छ ।

त्यसैले हामीले व्यक्तिको व्यबहार बुझ्न उनीहरुको मन बुझ्न आवश्यक छ किनकि मास्क लगाउनु, हात धुनु, सामाजिक दुरी कायम गर्नु व्यक्तिको व्यबहारमा भर पर्दछ। त्यसैले मनोवैज्ञानिक पक्षको महत्वपूर्ण भूमिका छ। यो समयमा तनाव जो कोहिलाई पनि हुन सक्दछ त्यसैले तनाव व्यवस्थापन गर्न जान्नु आवश्यक छ ।

तनाव व्यवस्थापन गर्न यी कुराहरुमा ध्यान दिनुपर्छ:

– सकारात्मक दृष्टिकोण राख्नुहोस्।
– स्वीकार गर्नुहोस् यो असामान्य अवस्थाको सामान्य लक्ष्ण हो ।
– विचार रेफ़्रमिङ्ग (Reframing) गर्नुहोस । येदि नकरात्मक विचार आईरहेको छ भने त्यो विचार लेख्नुहोस र त्यो नकारात्मक विचारलाई      सकारात्मक बनाई लेख्नुहोस ।
– नकारात्मक विचार रोक्ने अभ्यास गर्नुहोस जसमा तपाईले विचार सम्झने , सोच्ने अनि अब मैले सोची सके अब नआईज भनेर रोक्न्नुहोस ।
– अरूलाई (नो) भन्नुहोस र आफ्नो विचारलाई समर्थन गर्नुहोस । ( say no to others and say yes to your feeling )
– आरामदायी अभ्यास सिक्नुहोस् र अभ्यास गर्नुहोस्स ध्यान, योग, वा ताई-ची तनाव व्यवस्थापनको लागि प्रयास गर्नुहोस्।
– नियमित व्यायाम गर्नुहोस् स् व्यायाम गर्दा शरीरबाट रशायन निक्लनछ जसले गर्दा हामि तनाबसंग लड्न सक्छौ ।
– स्वस्थ, सन्तुलित खाना खानुहोस् जसले गर्दा हामि शारीरिक र मानसिक रुपमा सबल हुन सक्छौ ।
– यस प्रकोपको चुनौतीपूर्ण समयमा तपाईंले पहिले जीवनमा कठिनाइहरू हुदा प्रयोग गर्नु भएको बिधि र ती सीपहरूको प्रयोगले तपाईंलाई        तपाईंको भावनाहरू व्यवस्थापन गर्न मद्दत गर्दछ
– तपाइँको समय प्रभावी ढंगले प्रबन्ध गर्न सिक्नुहोस् जस्तै कविता लेख्ने , गीत लेख्ने , गाउने , नाच्ने , मन पर्ने प्रोग्राम हेर्ने , इन्डोर खेल खेल्ने     आदि ।
– आफ्नो रमाईलोको लागि समय बनाउनुहोस्।
– पर्याप्त आराम र समयमा सुत्नुहोस । तपाईको शरीरलाई तनावपूर्ण घटनाहरूबाट मुक्त हुन समय चाहिन्छ।
– तनाव कम गर्न रक्सी, ड्रग्स, वा बाध्यकारी प्रयोग नगर्नुहोस्।
– सामाजिक समर्थन खोज्नुहोस्। तपाईंलाई जोसंग कुरा गर्दा आनन्द आउछ उसंग कुरा गर्नुहोस ।
– केहि गरेपनि जस्तो मिठो चिया बनायपछि , खान , या जे काम गरेपनि मैले गरे भनेर खुशी हुने र आफूलाई धन्यवाद दिनुहोस् ।
– भरपर्दो सञ्चार माध्यममा समाचार हेर्नुहोस यदी आफूलाई हेर्दा गार्हो हुन्छ भने परिवारको सदस्यसंग सोध्नुहोस् ।
यदी विचारले दुख दिएमा मनोचिकित्सक या मनोविदलाई भेट्नुहोस्।

मनोविद शर्मा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, स्वयम्भू काठमाडौंमा कार्यरत हुनुहुन्छ । 

 



प्रतिक्रिया दिनुहोस !