२१ बैशाख २०८१, शुक्रबार

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिद्धारा सरकारलाई १७ वटा निर्देशनात्मक सुझाव

प्रकाशित मिति :  24 September, 2020 6:04 pm


काठमाडौं, ८ असोज । 

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई देशभरीका मलिकुलर ल्याबहरुलाई एकिृत रुपमा समन्वय गरेर छिटो छरितो रुपमा पीसीआर रिपोर्ट प्रभावकारी संयन्त्र निर्माण गर्ने संयन्त्र निर्माण गर्न सरकारलाई सुझाव दिएको छ ।

आज बसेको समितिको बैठकले उपसमितिको सुझाव ग्रहण गर्दै निर्देशनात्मक सुझाव दिएको सभापति जयपुरी घर्तीले जानकारी दिईन् । समितिले पीसीआर प्रयोगशाला क्षमता अनुसार दक्ष जनशक्तिको व्यवस्थ ागर्न र मेसिनले पुरा समय काम गर्ने गरि सञ्चालन गर्न भनेको छ ।

संक्रमित भएका बिरामीको हकमा होम आइसोलेसनमा बसेकालाई समेत स्वास्थ्यकर्मीले नियमित निगरानी गर्न भन्दै समितिले कार्यविधिमा उल्लेख भए अनुसार क्वारेन्टाइनमा रहने विरामीलाई खाना लागि तोकिएको रकम १७५ रुपैयाँ अपुग रहेको ठहर गरेको छ । समितिले न्यूनतम खानाको मेनुसहित बजार मूल्य अनुसार मूल्य निर्धारण गर्न भनेको छ ।

कोभिडका सन्दर्भमा चिकित्सक र स्वास्थ्यकर्मी लगायत प्रत्यक्ष रुपमा संलग्न व्यक्तिहरुलाई सरकारले निर्धारण गरेको जोखिम भत्ता यथाशक्य चाँडो उपलब्ध गराई उत्प्रेरित गर्नुपर्नेमा जोड दिएको छ । समितिले कोभिड अस्पतालमा भेन्टिलेटर र आइसीयूको विशेष व्यवस्थापन गर्ने साथै दक्ष जनशक्तिको समेत व्यवस्थापन गर्ने भनेको छ ।

प्रत्येक अस्पतालमा कोरोना नभएका बिरामीको सहज तरिकाले उपचारको व्यवस्था मिलाउन भन्दै समितिले,“ प्रतितिष्ठान, समिति तथा गैरसकारी संस्थाबाट सञ्चालन भएका अस्पताललहरु जस्तै पाटन अस्पताल,वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, धुलिखेल अस्पतालहरुले आफ्नो आमदानीबाट तलब भत्ता व्यवस्थापन गर्दै आएकोमा हाल आमदानी न्यून भई दैनिक अस्पताल सञ्चालन गर्न गाह्रो भएकाले त्यस्ता अस्पताललाई सरकारले सहयोग तथा अनुदान उपलब्ध गराउने” भनेको छ ।

उपचारमा संलग्न भएका स्वास्थ्यकर्मीहरु संक्रमित भइ आसोलेसनमा रहेका संख्या बृद्धी भइरहेकाले बैकल्पिक स्वास्थ्यकर्मीको आवश्यक योजना बनाई लागू गर्ने समितिको सुझाव छ । त्यस्तै पीपीई लगायतका अन्य गुणस्तरीय स्वास्थ्य सामाग्रीको व्यवस्थापन गर्ने, शव व्यवस्थापनका लागि अस्पतालमा मर्चरी हाउसको क्षमता बढाउनुपर्ने, कोभिड संक्रमितको मृत्युदर बढेको अवस्थामा समेत सहज रुपमा शव व्यवस्थापन गर्न सकिने गरी पूर्व तयारी गर्नुपर्ने समितिको सुझाव छ ।

सरकारले पलाज्मा बैंक स्थापनाका लागि पहल गर्ने र निजी अस्पतालसँग भएका प्लाज्मा बैंक सञ्चालन गर्न आवश्यक नीति अख्तियार गर्ने समितिको सुझावमा उल्लेख छ ।

समितिले आयुर्वेदिक तथा बैकल्पिक चिकित्सालाई कोभिड सम्बन्धि अनुसन्धानमा अगाडी बढाउन सुझाव दिँदै समितिले बन्दाबन्दीको सन्दर्भमा एसएमएस लगायत अन्य कोभिडका जोखिम न्यूनिकरण मापदण्ड कडाईका साथ लागू गरी लाईफ विथ कोरोना अवधारणाको योजना बनाई लागू गर्नुपर्ने सुझाव समितिले दिएको छ ।



प्रतिक्रिया दिनुहोस !