७ बैशाख २०८१, शुक्रबार

गलत सूचना र सल्लाहलाई क्षमा दिइन्न ः सञ्चारमन्त्री गुरुङ

प्रकाशित मिति :  15 October, 2020 4:43 pm


काठमाडाैं, २९असाेज । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्राप्त जिम्मेवारी पूरा गर्न मन्त्रालयका विभाग र मन्त्रालय सम्बद्ध निकायका प्रमुखहरूसंँग सकारात्मक सोचका साथ सहकार्य गर्न आफू उत्सुक रहेको बताएका छन् ।

सञ्चार मन्त्रालयमा आज आयोजित स्वागत समारोहमा उनले सम्बद्ध सबै निकाय तथा विभागीय प्रमुखबाट पनि सकारात्मक भावनाका साथ आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा थाहा छैन भनी गलत सूचना तथा सल्लाह दिई दिग्भ्रमित पार्न खोज्ने कसैलाई पनि क्षमा गर्न नसकिने उनले बताएका छन् ।

मन्त्री गुरुङले कोभिड –१९ महामारीबाट आक्रान्त यस सङ्कटमय घडीमा गुणस्तरीय इण्टरनेट सेवा दिएर लाखौंँलाख बालबालिकाको अध्ययन अध्यापनलाई सहज बनाउन ध्यान दिनुपर्ने औल्याए  ।

उनले कसरी डिजिटल नेपाल फ्रेमवर्कलाई सफलताको विन्दुमा पुर्याउन सकिन्छ र हाल अस्तित्वमा रहेनरहेको छुट्याउन कठिन भएको हुलाक सेवालाई पुनर्जीवित तथा अत्याधुनिक बनाउन सकिन्छ भन्नेतर्फ पनि ध्यान जानुपर्ने बताए ।

 



प्रतिक्रिया दिनुहोस !