१४ बैशाख २०८१, शुक्रबार

मैले देखाउँदै आएको सक्रियता नै मेरो जितको आधार हो : सुमित केडिया (भिडियोसहित)

प्रकाशित मिति :  12 November, 2020 11:51 am


 

यतिबेला उद्योग वाणिज्य महासंघको चुनावको माहोल बढेको छ । प्यानल घोषणा गरेर महासंघका उमेद्वारहरु प्रचार प्रसारमा व्यस्त छन् । नेपाल डेरी एसोसियशन नेपालका पूर्व अध्यक्ष तथा नेपाल गोकुल मिल्क प्रालिद्धारा सञ्चालित सिताराम डेरीका सञ्चालक सुमित केडियापनि बिरामीपछि तंंग्रिएर चुनाव प्रचारका लागि टिममा जुटेका छन् । वर्तमान कार्यसमितिमा समेत आफ्नो भूमिका निर्वाह गरिरहेका केडिया अहिलेको कार्यकालको अनुभव र हिम्मतले गर्दा निजी व्यवसायीको समस्या र मुद्दालाई अगाडि बढाउने विश्वासका साथ फेरि महासंघको वस्तुगत संघतर्फ कार्यकारी सदस्यका लागि मैदानमा छन् ।  नेपालकै स्थापित ब्यापारिक घरानाका सदस्य समेत रहेका केडियाले वर्तमान कार्यसमितिमा उद्योग वाणिज्य महासंघमा वस्तुगत समितिमा सह–सभापतिको रुपमा काम गरिसकेका छन् ।

विगतको अनुभव र अहिलेको एजेण्डाबारे केडियाको धारणा यस्तो छः

कोरोना संक्रमण नेपालका लागि मात्रै नभएर विश्वकै लागि फरक र नौलो अनुभव रह्यो । अहिले विश्व नै कोरोना भाइरससँग जुधिरहेको छ । हुन त हामीले नेपालीले यस अघि पनि भूकम्प र नाकावन्दी जस्ता विपत्ति भोगिसकेका थियौ । तर यो भाइरस अझ व्यापकरुपमा आयो ।

डेरीको क्षेत्रमा उनको अनुभव निक्कै अघिदेखिको हो । मैले विगतदेखि नै यहि विषयमा आफ्नो सुझाव र त्यही अनुसारको गतिविधि गर्दै आएको छु । मेरो कामको मुल्यांकनको आधारमा र मैले देखाउँदै आएको सक्रियतालाई आधार मानेर साथीहरुले यो पटक पनि मलाई साथ दिनु हुन्छ भन्ने पूर्ण विश्वास छ ।

कोरोना संक्रमण नेपालका लागि मात्रै नभएर विश्वकै लागि फरक र नौलो अनुभव रह्यो । अहिले विश्व नै कोरोना भाइरससँग जुधिरहेको छ । हुन त हामीले नेपालीले यस अघि पनि भूकम्प र नाकावन्दी जस्ता विपत्ति भोगिसकेका थियौ । तर, यो भाइरस अझ व्यापकरुपमा आयो ।

कोरोना संक्रमण सुरु भएपछि यसको अन्त्य कहिले होला भन्ने निश्चित नभएका कारणले पनि होला यसको त्रास आममानिसमा धेरै नै छ । मेरो अनुभवमा कोरोनाको संक्रमणयता नेपालीको क्रयशक्ति एकदमै घटेको छ ।

मानिसहरुमा पहिलेजस्तो मन खोलेर खर्च गर्ने वातावररण छैन र चाँहदैनन् पनि । चैतमा लकडाउन भएयता नै २ खर्ब भन्दा बढिको क्षति भइसकेको छ । १६ लाखभन्दा बढिले रोजगारी गुमाइसकेका छन् । आर्थिक वृद्धि शून्यमा पुग्ने अवस्था छ । हरेक क्षेत्रमा यसको प्रभाव परेको  छ । अवस्था एकदमै नाजुक बनेको छ । यो जटिल अवस्थामा अब सरकारले अविभावकको भूमिका खेल्नु पर्छ । निजी क्षेत्र कमजोर भएको यो समयमा निजी क्षेत्रलाई अघि सारेर भोलीका लागी राम्रो गर्न पनि सरकारले तत्परता देखाउने बेला यही हो ।

कोरोनाले सबै क्षेत्रमा असर पारको सर्वविदितै छ । डेरी उद्योग पनि यसबाट मुक्त हुन सकेको छैन । सामान्यरुपमा हेर्दा अत्यावश्यक क्षेत्रमा रहेको दुग्धजन्य पदार्थमा कुनै असर छैन होला जस्तो लाग्छ । तर कोरोना संक्रमण सुरु भएपछि ठप्प बनेको सामाजिक गतिविधिका कारण होटेल, रेष्टुरेन्ट, पार्टी प्यालेसहरु सबै बन्दकै अवस्थामा छन् ।

दुग्धजन्य पदार्थ बढि खपत हुने यस्ता स्थानहरु बन्द हुँदा त्यसको प्रत्यक्ष असर दुग्धजन्य पदार्थको खपतमा परेको छ । यससँग सम्बन्धित २० प्रतिशत उद्योग मात्रै अहिले सञ्चालनमा छन् । मेरै गोदाममा पनि ७, ८ करोड रुपैयाँ बराबरको धुलो दुध र बटर थन्किएको छ । यसबाटै थाहा हुन्छ कोरोनाले यो क्षेत्रलाई कति असर पारेको छ भनेर ।

अहिले व्यापारको वैकल्पिक उपायको बारेमा पनि थुप्रै चर्चा भइहरेको छ । कोरोनालाई अवसरको रुपमा लिएर हामीले यो वैकल्पिक उपाय अवलम्वन गर्न सक्छौ । फुडमाण्डू लगायतका डेलिभरी व्यवसायमा संलग्न केही समूहहरुसँग कुरा पनि भयो तर अझै पनि यो सिस्टममा व्यवसाय गर्दा वितरणको समस्या देखियो । उहाँहरुमा रेफ्रिजेरेटरको समस्या छ । दुग्धजन्यज पदार्थ एक ठाउँबाट अर्को ठाउँ लैजान रेफ्रिजेरेटरको व्यवस्था नभए बिग्रन सक्ने सम्भावना अधिक हुन्छ । तर पनि हामी वैकल्पिक वितरणको उपायको खोजीमा रिसर्च गरिरहेका  छौं।

नेपालको डेरि क्षेत्रको सुधारका लागी केही विषयहरुलाई जिम्मेवारीपूवर्क पुरा गर्नुपर्छ । गोठदेखि ओठसम्म राम्रो बनाउन क्वालिटीमा सुधार हुनु पर्छ । दुग्धजन्य पदार्थमा सुधार हुनु पर्छ र यसको अनुभूति आम उपभोक्तालाई दिनुपर्छ अनि मागको दायरालाई अझै बढाउनु पर्छ । यति गरेको खण्डमा नेपालको डेरी क्षेत्रमा थप सुधार आउँछ ।

मलाई किन चुन्ने भन्ने विषयमा म साथीहरुलाई के स्पष्ट पार्न चाहन्छु भने मेरो अघिल्लो कार्यकालको अनुभवको आधारमा मैले नीजि व्यवसायीको पीडा र समस्यालाई राम्रोसँग बुझेको छु । र, उद्योग वाणिज्य महासंघले यस विषयमा के कसरी भूमिका खेल्न सक्छ भन्ने पनि नजिकबाट नियालेको छु । यसैको आधारमा मैले निजी क्षेत्र र सरकारवीच ब्रिजको काम गर्ने गरी मेरो एजेण्डा तय गरेको छु । नीजि क्षेत्रको उत्थानको साथै सरकार र देशलाई पनि प्रत्यक्ष फाइदा पुग्ने गरीका योजना र सुझाव अग्रजहरुलाई दिने गरी म आफ्नो एजेण्डामा लाग्नेछु ।

सुरुमै भने मेरो अघिल्लो कार्यकालको अनुभवको आधारमा म नीजि व्यवसायीयको समस्या र मुद्दासँग परिचित छु । त्यसैले पनि यो कार्यकालमा म त्यहाँ पुगेको अवस्थामा म झन बुलन्दरुमा हाम्रा माग आवाजलाई अगाडि बडाउन सक्छु यसकारण पनि साथीहरुले मलाई मत हाल्नु पर्छ र फेरि मौका दिनु हुन्छ भन्ने कुरामा म विश्वस्त छु ।

 



प्रतिक्रिया दिनुहोस !