२६ बैशाख २०८१, बुधबार

सिद्धार्थ आर्थिक करिडोरमा स्थानीय सरकारका सपना

प्रकाशित मिति :  13 November, 2020 11:51 am


 

विकास भन्ने कुरा कहिले पनि एक्लै नहुँने रहेछ । धेरै मान्छे बसेका छौं, एउटा मान्छेले विकास गरेर सबैमान्छे त्यहीँ स्थितिमा रहनु हुन्न । यो जहिले पनि सामूहिक प्रयत्न हुन्छ । विकास एकल प्रयास, दुईपक्षीय र बहुपक्षीय हुन्छ । सिद्धार्थ हाईवे बनिसकेपछि बेलहियादेखि पोखरासम्मको स्थिति हेर्ने हो भने पहिले र अहिले हेर्दा आर्थिक गतिविधि प्रशस्त घटेको देखिन्छ ।

राष्ट्रिय जनगणनाको हिसाबले हेर्ने हो भने यहाँको बसाइ–सराई गरेर जाने व्यापकमात्रामा देखिन्छ । यसले हाम्रा नजिकका सहरहरूलाई भार भएको छ जस्तै पोखरा, बुटवलजस्तो सहरमा चाप बढेको छ । त्यहाँ गएर मानिस खाँदिएर बसेका छन् । यहाँ उर्वरा जमिनहरू त्यत्तिकै खेर गइरहेको र सम्भावना खेर गइरहेको अवस्था छ ।

मैले अध्ययन गर्दा के पाए भने यो क्षेत्र गुल्जार हुने हो भने प्रशस्त मात्रामा रोजगारीका अवसर सिर्जना गर्न सक्छ । जसले यहाँको उत्पादनहरूले ती ठूला सहरहरू जनसंख्याको हिसाबले हेर्ने हो भने पनि ४० प्रतिशत जनसंख्या पोखरा र बुटवलमा केन्द्रित भएको पाइयो, यो करिडोरको । त्यहाँ जुन बनिबनाउ बजार छ, त्यो बजारलाई हाम्रो समृद्धिका लागि प्रयोग गर्न सकिन्छ ।

त्यो ठाउँले पनि हामीबाट भएको सम्भावनाबाट आफ्नो आवश्यकताहरू पूर्ति गर्नसक्छ र परस्पर हामी सँगै हिँड्यौ भने सामाजिक आर्थिक संरचनालाई विकास गर्न सकिन्छ । एउटा स्थानीय आर्थिक व्यवस्थालाई उन्नतिलाई राष्ट्रिय आर्थिक उन्नतिसँग जोड्न सकिन्छ भन्ने हिसाबले यो कुरा गरेका हौँ । यसमा दुईपक्षीय बहुपक्षीय र कार्यक्रमहरू गर्दै जाने । यहाँ के देखिन्छ भने एक ठाउँको नगरपालिकाले एक थोक ग¥यो, अर्कोले पनि त्यही गर्ने । सबैले एउटै गरेर त्यो ध्वस्त हुनेखालको छ ।

जहाँ जे सम्भावना छ त्यही त्यही कुरालाई विशिष्टीकृत गरेर जान सकियो भने यसले राम्रो हुन्छ भन्ने हिसाबले यो अभियान चलायौँ । यसमा हामीले प्रदेश सरकार, संघीय सरकार, योजना आयोगका प्रमुखहरू राख्यौँ र त्यसपछि अहिले हामीले एउटा अभियान के चलायौं भने प्राधिकरणको रुपमा लैजानुपर्छ ।

तथ्यगत के पुष्टि गरेका छौँ भने यसले १५ वटा स्थानीय तहमात्रै होइन, २५–३० वटा स्थानीय तहको आर्थिक गतिविधि चलायमान हुनसक्छ । आर्थिक गतिविधि भयो भने मान्छेको सामाजिक स्थिति पनि राम्रो हुन्छ । त्यसले एउटा शान्ति छाउँछ र त्यसले विकास हुन्छ । समृद्धिमा जान सकिन्छ भन्ने हिसाबले त्यसलाई अगाडि बढाएको हो ।

यसले अहिलेसम्म हामीलाई परस्पर रूपमा राम्रा सिकाइहरूको अनुभव आदानप्रदान गर्ने, छलफल गर्ने फोरमको रुपमा विकास भएको छ । सरकारको पनि ध्यानकर्षण भएको छ । यस्ता आर्थिक करिडोरहरू विश्वमा धेरै ठाउँमा बनाएर धेरै आर्थिक क्रियाकलाप बनाएको सन्दर्भमा हामीले पनि त्यो कुरालाई प्रयोग गर्न जरुरी छ । यसमा हामीले सूक्ष्म रूपमा मात्रै होइन, बृहत रुपमा हे¥यो भने पनि विकासलाई एउटा गति दिन सकिन्छ । यो लाइनमा पर्ने अधिकांश स्थानीय तहबाट सन्तुष्ट छन् । हामीले यो अभियान चलाइरहँदा यसले हामीलाई राम्रो प्रतिफल दिन्छ भन्ने हामीलाई आशा छ ।

कतिपय फाइदा व्यक्तिगत हुन्छ । कतिपय सामूहिक हुन्छ । कतिपय परस्पर स्थानीय तहको बीचमा हुन्छ । हामीले विकासको कुरा गरिरहँदा राष्ट्रको एउटा अंगको रुपमा स्थानीय तह पनि हो ।

स्थानीय तहमा एक्लैले जति गर्न सक्छ, धेरै मिल्दा धेरै गर्न सक्छन् । त्यसैले यो हाम्रोबीचबाट जाने जसले हाम्रो अर्थतन्त्रलाई असर गर्न सक्छ त्यसको बारेमा छलफल, चर्चा गर्नु, योजना बनाउनु राष्ट्रिय अन्तराष्ट्रिय रुपमा ध्याकर्षण गराउनु या गतिविधि चलाउनु भनेको प्रथम दायित्व पनि हो ।

हामीले नगरले किन यस्तो गर्ने भन्ने, वडाले किन यस्तो गर्ने, वडाले किन यस्तो गर्ने भन्ने हो भने मुलुक कहाँबाट विकास हुन्छ ? समाज कहाँबाट विकास हुन्छ ? मलाई के लाग्छ भने यो प्रत्यक स्थानीय तहको दायित्व हो । हामी आत्मकेन्द्रित मात्रै भन्दा पनि मुलुकको विकास गर्न समाजको विकास गर्नका निमित्त हामीसँगै नै यो अभियान चलाउँदाखेरी यसले राम्रो परिणाम हासिल हुन्छ । त्यसका लागि हामी मिल्नुपर्छ हामीसँगै जानुपर्छ ।

अर्को कुरा के छ भने यहाँको सबैको चरित्र भएका मध्य–पहाडी क्षेत्रमा भएका स्थानीय तहहरूको समस्या एउटै चरित्र एउटै सम्भावना एउटै छ । त्यो भएको अवस्थामा हामी सँगै मिल्दा जुन व्यवसायको हिसाबले हेर्ने हो भने सानो स्केलमा गर्नु र ठूलो स्केलमा गर्नुमा धेरै अन्तर पर्छ । धेरै रोजगारीको सिर्जना हुन्छ ।

धेरै अवसर प्राप्त हुन्छ । त्यसैले हामीले यो काम गरेको हो । यो सडक निर्माण भइसकेपछि क्रमशः सरकारको ध्यानबाट पनि ओझेलमा परेको थियो । त्यसलाई अलिकति अगाडि ल्याउनुपर्छ भन्ने हिसाबले हो । यसलाई फाष्ट ट्रयाकको रुपमा विकास गर्ने यसलाई फराकिलो गर्ने सरकारले नीति ल्याएको छ ।

हामीलाई खुशी लागेको छ । यसले यहाँको आर्थिक गतिविधि चलायमान हुनसक्छ । आर्थिक चलायमान हुनेवित्तिकै मान्छेको नयाँ सोंच नयाँ विचार, नयाँ गतिवधि हुन्छ र हाम्रो विकासलाई टेवा पुग्छ भनेरै यसमा लागेको हो । यो कुनै व्यक्तिगत स्वार्थले होईन । जहाँ मान्छेको गतिविधि हुन्छ त्यहाँ व्यवसायिक गतिविधि बढ्छ । एउटा तथ्याङ्क दिउँ यो राजमार्ग बन्दा ४,५ सय गाडी चल्थे भने अहिले दिनको साढे ४ हजार गाडी आहोरदोहोर गर्छन् । बाटोले यो क्षमता धान्न नसकेको अवस्था छ । त्यो गतिबिधिलाई व्यवसायिक हिसाबले यो ठाउँको उन्नती किन नगर्ने कुरा हो ।

खोला त्यसै बगेर गयो भने वरिपरिको खेत सुक्छ भने झै हाम्रो के रहयो भने एउटा ‘फ्लो’ त भएको छ तर यो ठाउँकोले के लिन सक्या छ त ? मध्य–पहाडी क्षेत्रमा प्रत्येक वर्ष जनसंख्या घटिराखेको छ । विकासमा स्थिरता छ । यो हुनुहुँदैन । विकासमा पनि सधै चलायमान हुनुपर्छ जनसंख्या पनि चलायमान भएसँगसँगै यहाँबाट बसाइँ सर्ने चलन व्यवस्थापन हुन्छ ।

जनसंख्या चलायमान भयो भने अर्थव्यवस्था राम्रो हुन्छ । अर्को, अहिले हाम्रो पहाडहरू सबै रित्तिदैछन् । यसले भोलि सामाजिक विषमता ल्याउन सक्छ । पहाडका सम्भावनाहरू सकिँदैछन् । सम्भावना भएको ठाउँमा आवश्यकता धान्नै नसक्ने गरि मानिसहरू पुगेपछि दुवैै ठाउँमा समस्या हुनसक्छ । त्यसकारणले समय छँदै मध्यपहाडी क्षेत्रका स्थानीय तहहरूलेपनि अभियान चलाएर विकासलाई सन्तुलित बनाउनका निमित्त यो प्रयास गरेको हो । यो भयो भने तानसेन नगरपालिकामात्रै होइन, यो क्षेत्रमा पर्ने प्राय सबैजसो स्थानीय तहलाई त्यसबाट फाइदा    हुन्छ ।

त्यसबाट विकासको गतिविधिमा अग्रसरता हुन्छ भन्ने लागेर हामी सबै सहमत भएरै यो काममा लागेका हौं ।



प्रतिक्रिया दिनुहोस !