१४ माघ २०७९, शनिबार

कांग्रेसले बाेलायाे सर्वदलीय बैठक

प्रकाशित मिति :  21 December, 2020 2:03 pm


काठमाडाैं, ६ पुस । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक विषयका बारेमा छलफल गर्नका लागि सर्वदलीय बैठक आह्वान गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न ४ः०० बजे बस्ने बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टीलगायत दलका शीर्ष नेतालाई बोलाइएको पार्टी कार्यालयले जानकारी दिएकाे छ ।

मन्त्रिपरिषद्ले आइतबार निर्णय गरेको प्रतिनिधिसभा विघट्नको सिफारिसअनुसार राष्ट्रपतिले सङ्घीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी विसं २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोकिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !