२३ बैशाख २०८१, आइतबार

करोडपति सुब्बा : इमानको कमाइ होइन, घुसको भारीले लच्किँदै अदालतको कठघरामा

प्रकाशित मिति :  14 December, 2019 7:13 am


काठमाडौं, २८ मंसिर । ३० वर्ष लामो जागिरे करिअरमा मदनकुमार गुप्तालाई मालपोत कार्यालयबाट कहिल्यै अन्यत्र सर्नुपरेन । व्यापक भ्रष्टाचार हुने मालपोत सधैँ मदनकुमारको रोजाइको अड्डा बन्यो । खरिदारका रूपमा २७ असार ०४७ देखि मालपोत कार्यालय मुस्ताङबाट जागिर सुरु गरेका उनी १७ वर्षपछि ०६४ मा मात्रै नायब सुब्बामा बढुवा भए । त्यसपछि मालपोत कार्यालय पर्सा सरुवा भएका उनी पछिल्लो समय बारा मालपोत पुगेका थिए । मुस्ताङमा खरिदारदेखि बारामा निमित्त कार्यालय प्रमुख बन्दासम्म मदनकुमारले १९ करोड कमाए, तर १४ करोड ८१ लाख अवैध देखिएको छ । ०७५÷७६ को साउनदेखि १२ फागुनसम्म सिमरा मालपोतमा रहँदा मात्रै उनले राजस्वबापतको साढे चार करोड हिनामिना गरेको अख्तियारको अनुसन्धानमा भेटिएको छ । अख्तियारका आयोगका अनुसार मदनकुमारले कमाएको १९ करोडमध्ये चार करोड ५४ लाख मात्रै वैध आर्जन भेटिएको छ ।

मदनकुमारको परिवारका सदस्यका नाममा चार करोड आठ लाखको घर र ९० लाखको जग्गा छ । त्यस्तै, व्यवसायमा ७१ लाख लगानी छ । उनले २७ लाखको गाडी किनेका छन् । छोराको विवाहमा ६१ लाख खर्च गरेका उनले ४३ लाख सापटी दिएको अख्तियारले जनाएको छ । उनले आफू र परिवारका सदस्यबाहेकका नाममा पनि सम्पत्ति राखेका नयाँ पत्रिका दैनिकमा समाचार छ ।



प्रतिक्रिया दिनुहोस !