५ जेष्ठ २०८१, शनिबार

नेकपा मसालका महामन्त्री सिंह हिँड्दा हिँड्दै लडे

प्रकाशित मिति :  14 December, 2019 10:28 am


बुटवल, २८ मंसिर । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह बुटवलमा पैदल हिँड्दै गर्दा एक्कासी लडनुभएकाे छ । ८४ वर्षीय सिंह शुक्रबार साँझ मिलनचोकको आकाशे पुलनेर सडक पेटीमा एक्कासी लडनुभएकाे हो ।

सडकमा लडेपछि सिंहको कालिकानगरस्थित चौराहा हस्पिटल प्रालिमा उपचार गरिएको छ । उक्त हस्पिटलमा सिटीस्क्यान लगायतका परीक्षण गरेर करिब दुई घण्टापछि सिंह राति नै घर फर्किएको अस्पतालका डाक्टर विवेक मल्लले जानकारी दिनुभयो।

स्वास्थ्य परीक्षण गर्दा सबै रिपोर्टहरु सामान्य देखिएको  डा.  मल्लको भनाई  छ । ‘निधार सामान्य सुन्निएको छ, अरु चोटपटक र समस्या देखिएन,’ ऊहाँले भन्नुभयो ।

बुटवलको चाँदबारीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय समितिको बैठकमा बोलेर चौराहातर्फ पैदल जाँदै गर्दा उहाँ लड्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस !