१३ बैशाख २०८१, बिहिबार

रुपन्देहीको सैनामैनामा रोकिरहेका ट्रकमा बस ठोक्कियो

प्रकाशित मिति :  21 January, 2021 10:30 am


अनिल सापकोटा
सैनामैना ।

रुपन्देहीको सैनामैना ११ बनकट्टी रोकिरहेको ट्र्कमा बसले ठक्कर दिदा बसका सहचालक सामान्य घाईते भएका छन् । पूर्वबाट पश्चिम दिशातर्फ फर्किएर रोकिएको अवस्थामा रहेको ट्रकलाई काठमाडौंबाट कपिलवस्तु (पथ्थरकोट) जादै गरेको बसले ठक्कर दिदा दुर्घटना भएको हो ।

बिहीबार बिहान करिव पौने ६ बजेको समयमा महेन्द्र राजमार्ग अन्तर्गत पर्ने एकीकृत सैनिक तालिम केन्द्र सालझण्डीको गेट नजिक ओरालोमा बग्रिएर रोकिरहेको ट्रकलाई लु १ ख ४७२४ नम्बरको बसले ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटना परी घाइते भएका बसका सहचालक सामान्य उपचारपछि स्वास्थ्यलाभ गरिरहेको इलाका प्रहरी कार्यालय सालझण्डीले जानकारी दिएको छ ।

‘बसमा क्षती भएतापनि सवार अन्य ७ जना यात्रु सकुशल रहेका छन्’, इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी नायव निरीक्षक प्रेम कुँवरले भने, ‘दुर्घटनामा राजमार्ग छेकिदा साना सवारी भित्रि बाटोबाट आवतजावत गरायौ, ठूला सवारीको आवतजावत भने करिब ३ घण्टा अवरुद्द हुदा लामो सवारी जाम भएको थिया । अहिले दुर्घटनाग्रस्त सवारी साइड लगाएर सवारी आवतजावत खुलाइसकेका छौँ ।’

आज बिहानै देखी लागेको बाक्लो हुस्सु र तुसारो तथा उक्त ट्रक बिग्रिएर रोकिदा  ठूला सवारी आवागमनमा थप समस्या परेको नायव निरीक्षक कुँवर बताए ।



प्रतिक्रिया दिनुहोस !