१७ माघ २०७९, मंगलबार

गाउँपालिकाका सबै विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न तथा स्वास्थ्य सामाग्री वितरण

प्रकाशित मिति :  26 January, 2021 4:47 pm


रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकाका सबै बिद्यालयमा सिआइसिटी सम्बन्धि सचेतनामूलक तथा स्वास्थ्य सामाग्री वितरण भएको छ ।

२०७७ माघ ७ देखि जनता माध्यमिक विद्यालय गामबाट सुरु भएको कार्यक्रम माघ १३ गते देवीमन्दिर माध्यामिक विद्यालय पोबाङमा सम्पन्न भएको हो।

कोरोना भाइरस कोभिड-१९ लक्षित कार्यक्रममा माध्यमिक विद्यालय तहमा अध्ययन गर्ने सबै छात्रछात्राहरुलाई लक्षित कार्यक्रममा कोरोना भाइरस ,यसका लक्षणहरु,बच्ने उपायहरुको बारेमा सहजीकरण पोबाङ स्वास्थ्य चौकीमा कार्यरत स्टाफ नर्स बिनिता कंवर र बसन्ती महराले गरेका थिए ।

सरसफाइ सम्बन्धि हात धुने र मास्क लगाउने तरिका अभ्यास सहितको सिकाई पोबाङ स्वास्थ्य चौकीमा कार्यरत अनमी देउमा पुनमगरले गरेकी थिइन् । कार्यक्रममा सिआइसिटी सम्बन्धि अन्य जानकारी पोबाङ स्वास्थ्य चौकीका इन्चार्ज जनक गिरीले गराएका थिए ।

उक्त कार्यक्रममा गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा स्वास्थ्य सामाग्री वितरण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !