१७ बैशाख २०८१, सोमबार

त्रिविको ४५औं दीक्षान्त आज

प्रकाशित मिति :  19 December, 2019 8:12 am


काठमाडौं, पुष ३

त्रिभुवन विश्वविद्यालयको ४५औँ दीक्षान्त समारोह हुँदै छ । पुल्चोकमा रहेको  इन्जिनियरिङ क्याम्पस परिसरको खेल मैदानमा दीक्षान्त हुने त्रिविले जनाएको छ ।  त्रिविले कीर्तिपुर र कहिले दशरथ रंगशालामा आयोजना गर्ने दीक्षान्त ३/४ वर्षयता पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमै हुँदै आएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपटक दीक्षान्तमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १ सय ८३ विद्यार्थीले मात्र फाराम भरेका छन् । गत वर्ष पनि ७४ हजार २ सय ८६ विद्यार्थी योग्य भए पनि ९ हजार ५ सय २० जनाले फाराम भरेका थिए  ।
अनलाइनबाट फाराम भर्ने व्यवस्था गरेकाले गत वर्षबाट सहभागी हुनेहरू बढेको त्रिविले जनाएको छ ।

त्रिविले यसपटकको दीक्षान्तमा विशेष अतिथिका लागि बंगलादेशको ढाका विश्वविद्यालयका उपकुलपति प्राडा मोहम्मद अतिरुज्मानलाई आमन्त्रण गरेको छ  ।



प्रतिक्रिया दिनुहोस !