२१ बैशाख २०८१, शुक्रबार

२ हजार माथि पुगेको चन्द्रागिरीको सेयर मूल्य ओरालो लाग्यो

प्रकाशित मिति :  29 March, 2021 12:47 pm


काठमाडौं ।  दोस्रो बजार कारोबार सुरु भएको दिनदेखि नै निरन्तर बढ्दै गएको चन्द्रागिरी हिल्सको सेयरले ओरालो यात्रा तय गरेको छ ।

साताको कारोबारको पहिलो दिन कारोबार सुरु भएको डेढ घण्टामा १२९ रुपैयाँले घटेर १९५० रुपैयाँमा झरेर कारोबार भएको छ ।

नेप्सेको सेयर किनबेच गर्ने अनलाइन पोर्टल टीएमएसमा चन्द्रागिरीको सेयर किन्नेको संख्या २६ हजार ९ सय ४ र बिक्रेताको संख्या ३१ हजार ९ सय १ रहेको छ । यसरी हेर्दा कम्पनीको सेयर मूल्य घट्ने आशंकाले उचाइमा पुगेको नाफा जोगाउन सोमबार सेयर बजारमा चन्द्रागिरीको सेयर बेच्नेको संख्या बढ्दो छ ।

कारोबारको २६ औँ दिनमा १ हजार रुपैयाँ पुगेको कम्पनीको सेयर मूल्य एक सातामै सकारात्मक लेबलमा सर्किट लागेर २ हजार भन्दामाथि पुगेको थियो ।



प्रतिक्रिया दिनुहोस !