२१ बैशाख २०८१, शुक्रबार

नेपाललाई खोप किन्न एडीबीको १९ अर्ब ६५ करोड रुपैयाँ ऋण

प्रकाशित मिति :  23 July, 2021 1:14 pm


काठमाडौं। नेपाललाई कोभिड–१९ विरुद्धको खोप किन्नका लागि एसियाली विकास बैंक (एडीबी)ले १९ अर्ब ६५ करोड रुपैयाँ (१६ करोड ५० लाख अमेरिकी डलर) बराबरको ऋण दिने भएको छ ।

बैंकले ६८ लाख मानिसलाई १ करोड ५९ लाख खोपको मात्रा दिने गरी तयार पारिएको राष्ट्रिय परिचालन तथा खोप योजना नेपालका लागि आवश्यक हुने खर्चका लागि यो ऋण अनुमोदन गरिएको  जनाएका छन् ।

एडीबीको ९ अर्ब अमेरिकी डलर बराबरको एसिया प्रशान्त खोप पहुँच सुविधा डिसेम्बर २०२०को तर्फबाट यो परियोजनामा  ऋण स्वीकृत  गरिएको हो । विकासशील देशहरूमा लागि द्रुतगतिमा समानरूपमा सबैलाई खोप उपलब्ध गराउने योजना अन्तर्गत यो सुविधा कोष स्थापना गरिएको बैंकले बताएको छ ।

कोभिड–१९को खोप विश्वव्यापी पहुँच कार्यक्रम कोभ्याक्सबाट खोप खरिद गरिनेछ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट सूचीकृत गरिएका यो कोभ्याक्स संयन्त्रको खोप खरिद गरिने  जनाइएको छ ।

यसका अतिरिक्त एडीबीले खोपको आपूर्ति प्रणालीका लागि जारी प्राविधिक सहयोग,सञ्चार तथा कोभिड-१९ को जोखिमबारे जनचेतना अभिवृद्धिमा समुदायलाई संलग्न गराउन तथा खोपका लाभबारे जानकारी दिन समेत सहयोग गर्ने जनाइएको छ।

हाल सरकारले महिला स्वस्थ्य स्वयंसेविकालाई सिमान्तकृत समुदायमाा जनचेतना जगाउन परिचालन गरिरहेको छ । यसअन्तर्गत कम्ती एक महिला स्वास्थ्य कार्यकर्ता वा स्वयम सेविका हरेक खोप केन्द्रमा उपस्थित गराउन यो सहयोग गरिनेछ ।

एडीबीले विश्व बैंक, कोभ्याक्स, डब्लुएचओ, र संयुक्त राष्ट्र संघको बालबालिका कोष (युनिसेफ)जस्ता साझेदारसँग मिलेर नेपाल सरकारको द्रूत सञ्चालन गर्ने कार्यक्रममा सहयोग गर्ने विज्ञप्ति जारी गरी जनाएको छ ।

बैंकका अनुसार नेपाल सरकारको १ अर्ब २० करोड अमेरिकी डलर बराबरको राष्ट्रिय उद्धार कार्यक्रमको यो परियोजना पूरक हुनेछ, जसमा सामाजिक संरक्षण, स्वास्थ्य हेरचाह र आर्थिक राहत मापदण्डहरू समावेश  छन् ।  यसमा एडीबीले मे २०२० मा २५ करोड अमेरिकी डलर बराबरको सहुलियत दरको ऋण उपलब्ध गराएको थियो ।

एडीबीका अध्यक्ष मासात्सुगु आसाकावाले महामारी फैलिन नदिनका लागि नेपाललाई आफ्ना नागरिकलाई आवश्यक खोप दिन यो ऋणले नेपाल सरकारलाई सहयोग पुग्ने बताएका छन् ।

खोप खरिद गरी जतिसक्दो छिट्टो नागरिकलाई खोप दिएर अर्थतन्त्रलाई फेरि बाटोमा ल्याउन र जीविकोपार्जन गर्न तथा आर्थिक गतिविधिका साथै शैक्षिक संस्थान तथा मावन विकास कार्यक्रमका लागि  खोप अपरिहार्य भएको उनको भनाइ छ  ।

 



प्रतिक्रिया दिनुहोस !