१५ चैत्र २०८०, बिहिबार

ह्वावेद्वारा नेपालमा पहिलो सीड्स फर द फ्युचर कार्यक्रमको सुरुवात

प्रकाशित मिति :  2 December, 2021 2:14 pm


काठमाडौं । ह्वावेले यस वर्षको सीड्स फर द फ्युचरको उद्घाटन गरेको छ । नेपालका सबै आइसिटी सम्बन्धित विषयहरूका स्नातक तहका विद्यार्थीहरूका लागि यो कार्यक्रम रहेको छ ।

काठमाडौंमा एक कार्यक्रमका बिच सिड्स फर द फ्युचरको उद्घाटन गरेको हो । ह्वावेले यो कार्यक्रममा नेपालमा पहिलो पटक सुरुवात गरेको छ ।

सीड्स फर द फ्युचर पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु गरेको थियो । २००८ पछि १३० देश र क्षेत्रबाट ९ हजार भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिइसकेका छन् ।

अक्टोबर ६ देखि नोभेम्बर ७ सम्म नेपालभरबाट स्नातक विद्यार्थीहरुको लागि ह्वावेले आफ्नो आवेदन खुलाएको थियो । जसमा १३६ विद्यार्थीको आवेदन परेको थियो ।
नेपालका आईसीटी प्रोफेसरहरूको फ्युचर सेलेक्सन कमिटिले २० स्नातक विद्यार्थीहरू छनोट गरेका छन् । जसमा १६ विद्यार्थी काठमाडौं उपत्यकाका छन् भने ४ जना बाहिरका रहेका छन् । उनीहरुले ८–दिने अनलाइन प्रशिक्षणमा भाग लिने छन् ।

उनीहरुले घान्द्रुकमा रहेको ह्वावेद्वारा निर्मित फोरजी बेस स्टेशन भ्रमण गर्नेछन् र उद्योग विशेषज्ञहरुको कक्षामा उपस्थित हुन पाउने जनाइएको छ । टेकफोगुड विश्वव्यापी प्रतिस्पर्धामा भाग लिने मौका पनि पाउने छन् ।

जसमा विद्यार्थीहरुले २० हजार अमेरिकी डलर सम्मको पुरस्कार जित्न सक्नेछन् । उद्घाटन समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका राज्यमन्त्री बोधमाया कुमारी यादवले ग्रामीण तथा दुर्गम क्षेत्रका सबै नेपालीको डिजिटल कनेक्टिभिटीमा पहुँच हुनुपर्नेमा जोड दिइन् ।

शिक्षा क्षेत्रका लागि डिजिटल कनेक्टिभिटी अपरिहार्य भएको उनले बताइन् । “डिजिटल विकासका लागि डिजिटल साक्षरता र डिजिटल प्रतिभाको विकास उत्तिकै महत्त्वपूर्ण छ”, उनले भनिन् ।

मन्त्री यादवले नेपालका विद्यार्थीहरूलाई सीड्स फर द फ्युचर कार्यक्रमबाट नयाँ कुरा सिक्ने, अन्तर्राष्ट्रिय साथीहरूसँग मित्रता गाँस्ने र ह्वावे जस्ता अन्तर्राष्ट्रिय कम्पनीसँग जोडिने अवसर दिएकोमा ह्वावेलाई धन्यवाद पनि दिइन् ।

ह्वावे एसिया प्यासिफिकका उपाध्यक्ष जे चेनले आगामी ५ वर्षमा ह्वावेले एसिया प्रशान्त क्षेत्रमा मात्रै ५ लाख आइसिटी प्रतिभा विकास गर्न थप ५ करोड अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्रिवि इन्स्टिच्युट अफ इन्जिनियरिङका डीन प्रो. डा. शशिधर राम जोशीले आवेदन समूहबाट अन्तिम २० जना विद्यार्थीलाई छनोट गर्न चुनौतीपूर्ण भएको बताए । उनले सीड्स फर द फ्युचर र टेकफोगुड विश्वव्यापी प्रतिस्पर्धा सुरु गरेकोमा ह्वावेप्रति कृतज्ञता व्यक्त गरे ।

छनोट समितिमा रहेकी प्रो. तिमिला यामी थापाले ह्वावेले महिलालाई समेत प्रतिभा विकास कार्यक्रममा सहभागी गराएकोमा खुशी व्यक्त गरिन् । “यो सन्देश नेपालका लागि निकै राम्रो छ । ह्वावेका वुमन इन टेक पहलहरू विश्वभर अनुकरणीय छन्”, उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस !