११ बैशाख २०८१, मंगलबार

‘मोटोको अम्लीयकरण रोकौं, माटोको उत्पादकत्व बढाऔँ’ नारासहित अन्तर्राष्ट्रिय माटो दिवस मनाइदै

प्रकाशित मिति :  2 December, 2021 6:43 pm


काठमाडौं । हरेक वर्ष डिसेम्बर ५ का दिन मनाइने अन्तर्राष्ट्रिय माटो दिवस यस वर्ष पनि विभिन्न सचेतनामूलक कार्यक्रमहरु गरी मनाइने भएको छ ।

यो वर्षको विश्व माटो दिवस राष्ट्रियस्तरमा कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय किसान आयोग, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र केन्द्रीय कृषि प्रयोगशालाको समन्वयमा बुधबारदेखि बनेपामा माटो परिक्षण शिविर सुरु गरिएको छ ।

विश्व माटो दिवसको पूर्वसन्ध्यामा कृषि विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागले यस वर्षको विश्व माटो दिवसको नारा ‘माटोको अम्लीयकरण रोकौँ, माटोको उत्पादकत्व बढाओं’ भन्ने तय गरिएको जानकारी दिएको छ। नेपालको सन्दर्भमा अधिकांश भुभागको माटो अम्लीय रहेकाले माटोको अम्लीयकरण रोक्न माटाको उत्पादकत्व बढाऔँ भन्ने नारा तय गरिएको पनि विभागले जनाएको छ।

अन्तराष्ट्रिय माटो दिवसको दिन मंसिर १९ गते जनमानसमा जनचेतना जगाउने उदेश्यसहित हरिहर भवनदेखि जावलाखेल हरिहरभवनसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिने विभागले जानकारी दिएको छ।

अम्लीयपना भन्नाले माटोमा हाइड्रोजन आयनको सक्रियता भन्ने बुझिन्छ । विभिन्न कारणले माटोबाट क्याल्सियम र म्याग्नेसियम जस्ता धनायनहरु हराएर जान्छन् र हाइड्रोजन आयनको मात्रा तुलनात्मक रुपले बढ्दै गएमा माटो अम्लीय बन्दै जान्छ र माटोमा भएका विरुवाका खाद्यतत्वहरु बिरुवालाई उपलब्ध नहुने कम उपलब्ध हुने बढि उपलब्ध भई नकारात्मक असर देखाउने हुन्छ।

मानिसले खाने खानाको ९५ प्रतिशत खाना माटोबाट उत्पादन भएको हुन्छ। बाली विरुवालाई आवश्यक पर्ने १७ प्रकारका पोषक तत्वहरु मध्ये १४ प्रकारका पोषक तत्वहरु विरुवाले माटोबाट प्राप्त गर्ने हुदाँ माटोमा अम्लीपना बढ्न दिननहुने विज्ञहरुले सुझाव दिएका छन्।

माटोको प्राङ्गारिक पदार्थको मात्रा ४ प्रतिशतमा पुर्याउने सरकारको लक्ष्य

माटो स्वस्थ रहन त्यसमा हुनुपर्ने प्राङ्गारिक पदार्थको मात्रा ३ देखि ५ प्रतिशत हुन आवश्यक हुन्छ, तर हाल नेपालको माटोको प्राहारिक पदार्थको मात्रा औषत १.९६ प्रतिशत रहेको छ। सरकारको कृषि विकास रणनीतिले नेपालको माटोको प्राङ्गारिक पदार्थको मात्रा १.९६ प्रतिशतबाट ४ प्रतिशतमा पुर्याउने लक्ष्य लिएको छ।

खाद्य तथा कृषि संगठन ९एफ।ए।ओ।० को सिफारिसमा संयुक्त राष्ट्र संघको ६८ औ महासभाको निर्णयले सन् २०१४ देखि डिसेम्बर ५ का दिन बाट यो दिवस मनाउन शुरु गरिएको हो । सन् २०१५ लाई अन्तराष्ट्रिय माटो वर्ष र सन् २०१५ देखि २०२४ लाई अन्तराष्ट्रिय माटो दशकको रूपमा मनाईएको थियो। नेपालको सन्दर्भमा सन् २०१४ डिसेम्बर ५ का दिन कृषि विभागको  संयोजकत्वमा काभ्रेको पाँचखालमा घुम्ती माटो परिक्षण प्रयोगशालाबाट स्थलगत माटो परिक्षणको औपचारीक शुरुवात गरी विश्व माटो दिवस मनाउन शुरु गरिएको हो।

कसरी बढ्छ माटोमा अम्लीयपना

माटोमा अम्लीयपना बढ्दै जानुका कारणहरूमा पैत्रिक पदार्थ खेती गरिएका बालीका प्रकार अम्लीय रसायनिक मलको प्रयोग वर्षाको अवस्था काँचो मलको प्रयोग र माटोमा प्राङ्गारिक पदार्थ घट्दै जानु रहेका छन् । माटो जुन प्रकारको पैविक पदार्थबाट बनेको हुन्छ त्यसको प्रतिक्रिया पनि त्यस्तै ग्रेनाईट र बलौटे हुन्छ । ढुङ्गाबाट बनेको माटो अम्लीय हुन्छ त्यसैगरी धेरै क्याल्सियम चाहिने बालीहरु जस्तै जो सिमि, बन्दा कपास भेटमास लगाउनाले पनि माटो अम्लीय बन्दै जान्छ ।

असन्तुलित रासायनिक मलको प्रयोग र एमोनियम सल्फेट एमोनियम नाइट्रेट युरिया जस्ता मलको अत्याधिक प्रयोग माटो अम्लीय हुनुको अर्को महत्वपूर्ण कारण हो । बढी वर्षा हुने ठाउँमा खास गरि शारिय तत्वहरु जस्तै क्यालसियम, म्याग्नेसियम चुहिएर नोक्सान हुने र हाईड्रोजन आयनको मात्रा अपिनाले पनि साटो अम्लीय बन्दै जान्छ । माटो अम्लीय हुनुको एउटा कारण माटोमा हालिएको काँचोमल कुहिने क्रममा प्राङ्गारिक अम्लहरु बन्न जानु हो भने माटोमा प्राङ्गारिक पदार्थ घटदै जानु पनि अर्को महत्वपूर्ण कारण हो।

अम्लीयपनाले बालीनालीमा के असर गर्छ? 

माटोको अम्लीयपनाले बालीनाली उत्पादनमा धेरै नराम्रो प्रभाव पार्दछ। अम्लीय माटोमा लगाईएको बालीलाई नाईट्रोजन, फस्फोरस, क्याल्सियम, म्याग्नेसियम, मोलिब्डेनम कम मात्रामा उपलब्ध हुन्छ भने फलाम, म्यांगानिज, जिंक, बोरोन जस्ता सुक्ष्म खाद्यतत्वहरुको घुलनशिलता बढी भएकाले विरुवालाई आवश्यक मात्रा भन्दा बढी उपलब्ध हुनगई विरुवामा विषालुपन उत्पन्न भई वृद्धि र विकासमा नराम्रो असर पर्दछ ।

त्यसैगरी फस्फोरस अघुलनशिल अवस्थामा परिवर्तन भएर बिरुवालाई उपलब्ध हुन सक्दैन। माटोको अम्लीयपना बढ्नाले माटो कडा हुन गई बिरुवाको बृद्धि र विकासमा प्रतिकूल असर पर्नुका साथै जमिन तयारीमा समेत बाधा पर्न जान्छ। माटोमा बढी अम्लीयपना हुँदा शुक्ष्म जीवाणुको गतिविधमा पनि नकारात्मक असर गर्छ र यसबाट माटो खुकुलो हुने, माटोमा हाबा तथा पानीको आवतजावत बढ्ने जस्ता क्रियाकलापहरु कम हुन जान्छ।

 

 



प्रतिक्रिया दिनुहोस !